November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – खेलभन्दा खेलाडी ठूलो हुन सक्दैन । खेलाडीलाई बाँध्ने भनेको निश्चित अनुशासनले नै हो । खेलाडी जतिसुकै चर्चित हुन् वा सफल, सबैमा अनुशासन न्यूनतम शर्त हो । तर, यति बुझ्नलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वलाई झन्डै डेढ वर्ष लाग्यो । एन्फा नेतृत्व खेलाडीमाथि शनिबार कडा रुपमा प्रस्तुत भयो । […]
November 7, 2019
फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद भावनाले चल्दैन । यति त खेलकुद नेतृत्वले बुझ्नै पर्छ । हरेक खेलको आ-आफ्नै विशेषता, महत्व र नियम छन् । खेलकुदसँग मानविय भावना, राष्ट्रियतालगायत अन्य थुप्रै विषय जोडिएर पक्कै आउँछन् । तर, त्यत्तिको भरमा खेलकुद गतिविधि चल्दैन । हरेक खेल आयोजनाका आ आफ्नै मापदण्ड र परम्परा हुन्छन् । राष्ट्रिय खेलकुद परिषद् […]
September 20, 2019
क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘इमानदारिता नै क्रिकेटको डीएनए हो ।’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का पुर्व प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले क्रिकेट मैदानमा भइरहेको विकृतिलाई संकेत गर्दै केही बर्षअघि भनेका थिए , ‘पछिल्लो समयमा नकारात्मक व्यवहारहरु भइरहेका छन् । यसलाई रोक्न आवश्यक छ । अन्यथा क्रिकेटको साख जोगाउन सकिन्न ।’ विश्वमा क्रिकेटको साख जोगाउनका लागि […]
September 20, 2019
भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर कुशल मल्ल भर्खर १६ वर्ष पुग्दै छन् । नेपालको अवस्थामा क्रिकेटलाई व्यावसायिक रुपमा नै अंगाल्ने वा विकल्पका रुपमा राख्ने भनेर निर्णय गर्ने उमेरमा कुशलले भने राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । संयोगवश, उनको शीर्ष श्रेणी क्रिकेट प्रवेशमा निर्णायक भूमिका खेलेका शरद भेषावकरकै स्थानमा कुशलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् […]
September 3, 2019
क्रिएटिभ भ्वाइस टीएस ठकुरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओस) मा प्राय सबै सदस्य प्रगतिशील विचारधाराका छन् । प्रगतिशीलको अर्थ हुन्छ, यथास्थितिलाई छाड्दै निरन्तर परिवर्तनलाई आत्मसात गर्नु । झापा विद्रोह वा दश बर्षे माओवादी सशस्त्र संघर्ष, कम्युनिस्ट आन्दोलनमार्फत मुलुकमा तीव्र परिवर्तनको आकांक्षा थियो, लक्ष्य थियो । यी दुवै सशस्त्र संघर्षको प्रमुख उद्देश्य विकास […]
July 21, 2019
क्रिएटिभ भ्वाइस टीएस ठकुरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले हालै एक अन्तर्वार्तामा भनेका छन् –‘म आफैं दौडधुप गरेर गएको हैन, सरकारबाट प्रस्ताव आयो । प्रस्ताव आइसकेपछि मैले त्यो प्रस्तावलाई स्वीकारेको हुँ ।’ राजनैतिक नियुक्ती जुनसुकै होस्, दौडधुप गरेर पाइने हैन । सरकारले प्रस्ताव नै गर्ने हो, स्वीकार्नेले पदभार ग्रहण गर्ने […]
July 11, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलमा पछिल्लो समय विदेशी खेलाडीको संख्या बढ्दो छ । मोफसलमा हुने राष्ट्रियस्तरका प्रतियोगितादेखि स्थानीय साना प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । यीमध्य अधिकांश खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता रुपमा रहे । तर नेपाली […]
March 6, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए । मोफसलमा प्रतियोगिता […]
January 1, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य […]
December 4, 2018
– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]