April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]
April 25, 2025
सुमन अधिकारी, बुटवल साविक विजेता त्रिभुवन आर्मी बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । गल्कोट भलिबल क्लबसँग पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । गल्कोटले फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र […]
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिको लागि भिड्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको सेमिफाइनलमा अब्बल प्रदर्शन गरिरहेको एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट २५-१६ ले जित्दै एपिएफले १-० को […]
April 24, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिप २०८२ को सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणका दुई खेल बिहीवार सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । भारत गुजरातको साग भलिवल एकेडेमी समूह ‘ए’ बाट विजेता, त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै अघि बढेको हो। समूह ‘बी’ बाट गल्कोट भलिबल क्लब […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) समूह बीको विजेता बन्दै आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ। यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ।एपिएफको जितमा यो समूहबाट त्रिभुवन आर्मी क्लब उप विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रहयो। अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा पहिलो खेल जितेर नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप न्यु डायमण्ड युथ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले दोस्रो सेटको सुरुवात राम्रो गरेपनि अन्य समयमा चुनौती दिन सकेन । […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) ले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो। खेलको पहिलो सेट केहि प्रतिस्पर्धात्मक बन्यो। जहाँ एपिएफले २५-२० ले पहिलो सेट जित्दै १-० को […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टलाई आज सम्मान गरिएको छ। उनलाई पनि २५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको हो। राखेपको सदस्य सचिव टंकलाल घिसिङ, आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले भट्टलाई सम्मान गरेका हुन्। नेपाली […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारी स्पेशल अवार्डबाट सम्मान गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङबाट उषाको तर्फबाट आमा र बुवाले सम्मान ग्रहण गरे। सम्मान सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उषा अहिले हङकङमा रहेकी छिन्। सन् २०१९ मा […]