default_image

भलिबल

June 14, 2021

एसियन च्याम्पियनसिपको तयारी भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला रााष्ट्रिय भलिबल टोलीले भोलि (मंगलबार) देखि प्रशिक्षण थाल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) ले गत २१ जेठबाटै टोलीको प्रशिक्षण शुरु गर्ने तयारी गरेपनि निषेधाज्ञा र विविध कारणले टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको थियो । नेपाल भलिबल […]

June 3, 2021

महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी […]

May 30, 2021

भलिबलका हरिको आर्मीमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका गणपति भवन थापा मगरले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । माघमै हवल्दारमा बढुवा भएपनि उनले आइतबार मात्रै आफु बढुवा भएको सार्वजनिक गरेका थिए […]

May 28, 2021

राष्ट्रिय महिला भलिबल टोलीमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि लक्षित गर्दै राष्ट्रिय नेपाली महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । चैत्र तेस्रो अट आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको हो । छनोट […]

May 25, 2021

जापानमा गल्कोट स्पोर्टसलाई भलिबल उपाधि

योमन देवान, जापान नेपाली समूदायबीच जापानमा आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले जितेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो । सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको […]

May 22, 2021

लोकप्रियता बढेसँगै व्यवसायिकता कुर्दै भलिबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]

May 16, 2021

एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप चीनमा नभई फिलिपिन्समा हुने भएको छ । चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघ (एभीसी) ले नयाँ आयोजकको रुपमा फिलिपिन्स रोजेको हो । एभीसीले शनिबार फिलिपिन्सले प्रतियोगिता आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप […]

May 7, 2021

सिजुओका स्पोर्ट्स क्लब जापानको अधिवेशन अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन अर्काे साता हुदैछ । सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन आगमी बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा हुनेछ । यो अधिवेशनले क्लबको नयाँ कार्यसमिति चयन गर्नेछ । क्लबको स्थापना २०१८ मा भएको थियो । क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा […]

April 24, 2021

सरस्वती भोटेकोशी अध्यक्ष कपमा सर्वाेत्कृष्ट

तातोपानी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । एपिएफलाई प्रतियोगिताको च्याम्पियन बनाउन सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले २० हजार रुपैयाँ हात पारिन् । व्यक्तिगत विधातर्फ आर्मीकी शान्ति थारु उत्कृष्ट स्पाइकर चुनिइन् । आर्मीकै सुनिता खड्का उत्कृष्ट ब्लकर चुनिदा न्यु […]

April 24, 2021

न्यु डायमन्डलाई हराउँदै एपिएफ च्याम्पियन

तातोपानी (हाम्रो खेलकुद) – एनभिए लिग विजेता होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा शनिबार भएको फाइनलमा एपिएफले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो […]

Success

Thank you for your time.