4 years ago
November 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरले कतारविरुद्ध तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कीर्तिमानी ब्याटिङ गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपाललाई बलियो योगफलमा पुर्याउन सीताले उत्कृष्ट ब्याटिङका साथ कीर्तिमान बनाएकी हुन् ।

सीताको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहिन् । नेपाली महिला टि२० आईमा कुनैपनि खेलाडीले एक खेलमा गरेको यो उत्कृष्ट प्रदर्शन हो ।
सीताले इन्दु बर्माको कीर्तिमान तोडेकी छन् । यसअघि नेपाली महिला टि२० आईमा ५५ रन इन्दुको नाममा थियो । इन्दुले मंगलबार कतारसँग पहिलो खेलमा ५५ रन बनाउँदै नेपाली महिला क्रिकेटको डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान लेखाएकी थिइन् । कतारसँग दोस्रो खेलमा बुधबार कप्तान रुविना क्षेत्री बेलबासेले ५० रनको इनिङ खेलेकी थिइन् । सीताले आफ्नो डब्लूटि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेकी हुन् ।

महिला टि२० आईमा नेपालबाट उच्च प्रदर्शन
सीता रानामगर – ८२ रन अविजित, कतारविरुद्ध
इन्दु बर्मा – ५५ रन अविजित, कतारविरुद्ध
रुविना क्षेत्री – ५० रन, कतारविरुद्ध
सीता रानामगर – ४८ रन इन्डोनेसियाविरुद्ध, २०१९
सीता रानामगर – ४२ रन मलेसियाविरुद्ध, २०१९
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]