4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु हुने वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक पत्रकार सम्मेलनका साथ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एकदिवसिय शैलीको प्रतियोगितामा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । लिगका खेलहरु मंसिर १७ सम्म टियु र उपल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
अर्को महिना हुने यू१९ एसिया कपको लागि खेलाडी छनोट गर्न क्यानले यू१९ पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । क्यानका म्यानेजर विनोद दासले यू१९ एसिया कप डिसेम्बर अन्तिममा हुने भनिएपनि पक्का भने नभएको बताएका छन् । क्यानले पुरस्कार भन्दापनि खेलाडीलाई धेरै अवसर दिने जनाएको छ ।
प्रतियोगिता आयोजनाको लागि झन्डै ९३ लाख खर्च लाग्ने क्यानले जनाएको छ । जसमा चौधरी ग्रुपको उत्पादन वाई वाईले ७० लाख रुपैयाँ पैदान गर्ने छ । क्यानले यू१९ क्रिकेटको लागि गत चैतमा वार्षिक ७० लाखको रुपमा पाँच वर्षको लागि वाई वाईसँग सम्झौता गरेको थियो । टियुमा हुने सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण डिस होम मिडिया नेटवर्कको एक्सन स्पोर्ट्सले गर्नेछ । क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लले यू१९ राष्ट्रिय प्रतियोगिता विना सिनियर टोलीले सोचेको उचाई लिन नसक्ने बताएका थिए ।

‘सिनियर टोलीको बेन्च स्ट्रेन्थ र ग्रास रुट बलियो बनाउन यू१९को ठूलो भूमिका र महत्व हुन्छ । हामी खेलाडीलाई धेरै भन्दा धेरै अवसर दिन चाहन्छौं । पुरस्कार भन्दा पनि हाम्रो ध्यान खेलाडीको अवसरमा बढी छ’ , म्यानेजर विनोद दासले भने ।
झण्डै ८ वर्षपछि यू१९ राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । क्यान राजनीति, निलम्बन र कोरोना महामारीको कारण लामो समय देखि यू१९ राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेको थिएन । उद्धघाटन खेलमा मंगलबार टियु मैदानमा प्रदेश नम्बर १ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । मंगलबारनै मुलपानीमा गण्डकी प्रदेश र लुम्बनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
यो पनि पढ्नुहोस् : ट्यालेन्ट हन्टमै निर्भर घरेलु क्रिकेट
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]