default_image

4 years ago

November 23, 2021

भुटानसँग खेल्दै नेपाल

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा आइसिसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र पुग्दैन । हङकङले बाँकी चार मध्य खेलमा हारेको हुनुपर्छ । अथवा अन्य नतिजा पनि नेपाल अनुकुल आएमा मात्र सहज हुनेछ । पहिलो खेलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन बनाए । अत्याधिक डट बलको कारण नेपालले पहिलो खेल हार्न पुगेको थियो । पहिलो खेलमा नेपालले ६८ बल डट खेलेको थियो ।

पहिलो पावर प्लेमा नेपालले ३० बल डट खेलेको थियो । पहिलो खेलमा २३ बल खेलेर ४ रनमा आउट भएकी काजल श्रेष्ठलाई आजको खेलमा नेपालले बेन्चमा राख्न सक्छ । अन्य सबै ब्याटरलाई डट बलमा कमी गर्न आवश्यक देखिन्छ । यता पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटानको मनोबल पनि उच्च छ । कुवेतलाई हराउन उनले ३६ बलमा ४ चौका सहित ३४ रन बनाएकी थिइन् ।

नेपालको खेल तालिका र समय :

मसिंर ७ (मंगलबार) – भुटानसँग, ३ : १५ दिउँसो

मंसिर ९ (बिहीबार) – कुवेत, ११ : १५ मध्यान्ह

मंसिर १० (शुक्रबार) – मलेसिया, ११ : १५ मध्यान्ह

मंसिर १२ – (आइतबार) युएई, ११ : १५ मध्यान्ह

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगिता राई ।

नेपालले हङकङसँग हार्नुका पाँच कारण

नेपाल हङकङसँग पराजित

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.