default_image

2 years ago

December 5, 2021

‘क्यानलाई बदनाम गर्न सम्भव छैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको अनुशासनसँग संघले कुनै सम्झौता गर्न नसक्ने बताएका छन् । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि पुरस्कार समारोहमा बोल्दै चन्दले उक्त प्रतिक्रिया दिएका हुन् । ‘१३ दिनको प्रतियोगितामा राम्रो युवा खेलाडीहरु हामीले देखेका छौं । मलाई लाग्छ नेपाली क्रिकेटको भविष्य वहाँहरुको हातमा छ […]

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको अनुशासनसँग संघले कुनै सम्झौता गर्न नसक्ने बताएका छन् । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि पुरस्कार समारोहमा बोल्दै चन्दले उक्त प्रतिक्रिया दिएका हुन् ।


‘१३ दिनको प्रतियोगितामा राम्रो युवा खेलाडीहरु हामीले देखेका छौं । मलाई लाग्छ नेपाली क्रिकेटको भविष्य वहाँहरुको हातमा छ र उज्ज्वल पनि । यो संघले आशा गरेको कुरा हो । वहाँहरुको मिहिनेत र खुसीले हामी एकदमै खुसी छौं । नेपाली टोलीको भविष्य पनि यहींबाट देखिने हो । तपाईंहरुको प्रदर्शन कसैले लुकाउन सक्दैन । उत्कृष्ट प्रदर्शनसँगै अनुशासन जरुरी छ । अनुशासनमा रहेर अगाडि बढ्न सक्नुभएन भने वहाँहरुको भविष्य उज्वल छैन’, चन्दले भने ।

‘पछिल्लो समय यताकता नेपाली क्रिकेटबाट सन्न्यास लिईसक्नु भएको केहि साथीहरु वा क्रिकेटमा निरन्तर खेलिरहनु भएका खेलाडी साथीहरुबाट जानेर होस् वा नजानेर क्रिकेट संघको बारे अनेकौं कुराहरु आइरहेको छरपष्ट छ । त्यसकारण म आग्रह गर्न चाहन्छु । निलम्बनबाट निकै संघर्ष गरेर हामीले संघलाई सही बाटोमा ल्याएका छौं । संघर्षको बाबजुद यो अवसर आएको हो । त्यसकारण अनुशासनसँग चतुरबहादुर चन्दको नेतृत्व क्रिकेट संघ सम्झौता गर्दैन’, चन्दले सांकेतिक जवाफ दिए ।

त्यसैमा उनले थपे, ‘यू-१९का भाइहरुलाई अनुशासन नतोड्नु होला । अन्य सार्वजनिक मञ्जबाट भन्दै गर्दा जतिराम्रो प्रदर्शन भएपनि अनुशासनसँग यो कार्यसमिति सम्झौता गर्दैन भन्ने फेरि दोहोर्याएँ । भविष्यमा यो कुरा निर्णयको रुपमा हेर्दै जानुहोला ।’

‘पुन म रोमान्चक फाइनलको दिन सबै खुसी हुन पर्यो । फेरि ६–७ वर्षपछि यू–१९ प्रतियोगिता सुरु र समापन भएको छ । नेपाल क्रिकेट निलम्बन गर्दै गर्दा कति वर्ष यू१६, यू१९ वा घरेलु प्रतियोगिताहरु जुन क्रिकेट संघले गर्नु पर्ने किन भएनन् । त्यसको मारमा युवा खेलाडी कति पर्नु भयो । निलम्बनको अवधिमा नेपाली क्रिकेटको टिम कसरी छानिन्थ्यो । कुन सिन्डिकेटको आधारमा खेलाडीले टिममा अवसर पाउथें । कुन खालको आर्थिक चलखेलमा आधारमा खेलाडीहरुलाई न्याय अन्याय गरिन्थ्यो । यो कुरा सबै मिडियाका साथीहरुलाई जानकार छ ।’

‘निष्पक्ष र कुनैपनि उत्कृष्ट प्रदर्शनलाई एक रत्ति अन्याय हुन नदिने संयत्र क्यानले बनाएको छ । उत्कृष्ट प्रदर्शनको आधारमा खेलाडी छनोट गर्नेछ । कहि कतै प्रश्न उठ्ने बाटो हामी दिने छैनौं । तपाईंले गर्नु भएको राम्रो प्रदर्शन सधैं प्रशंसा गर्ने परिपाटी संघमा बन्नेछ । हामी त्यही अनुसार स्थान दिनेमा प्रतिबद्ध दिनेछौं’, चन्दले भने ।

‘जसरी त्यस्तो खालको प्रश्न उठाइएको छ त्यसमा नेपाल क्रिकेट संघको गम्भीर चासो छ । मलाई लाग्छ पहिला जसरी हाली मुहाली गरेकाहरुबाट भित्रीरुपमा बदनाम गर्ने प्रयास भई राखेको छ । त्यो कदापी सम्भव छैन । यो समिति निरन्तररुपमा सक्रिय भएर लागेको छ । क्षमता अनुसार लागेका छौं । युवा भाइहरुले यहि अनुसार बुझ्नु होला,’ चन्दले बताए ।

लुम्बिनीले आइतबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । च्याम्पियन लुम्बिनीले २ लाख र उपविजेता सुदूरले १ लाख पुरस्कार पाएका छन् । ७ प्रदेशबीच लिगको ढाँचामा भएको प्रतियोगितामा लुम्बिनी शीर्ष र सुदूर दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए ।

भिडियो हेर्नुहोस :

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.