4 years ago
January 8, 2022
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर अनिल गुरुङले सोमबार देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोलीमा पूनरागमन गरेका छन् । गण्डकी प्रदेशले विपिन खत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ ।

युवा स्टार अर्जुन कुमालले टोलीमा स्थान बनाउँदा अनुभवी खेलाडी विधान श्रेष्ठ र अनिल गुरुङले पूनरागमन गरेका छन् । गतवर्ष यी दुबै खेलाडी टोलीमा थिएनन् । युवा खेलाडीले भोरिएको गण्डकीले यस पटक अनुभवी खेलाडीलाई समेटेको छ । विधान विकेटकिपर तथा अनिल ओपनर ब्याटर हुन् ।
अनिल गुरुङले २०१९ को प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट लुम्बिनी प्रदेशविरुद्ध १ सय २५ बलमा ५ चौका र १ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
लुम्बिनीका सौरभ खनालले १ सय १२ बलमा १२ चौका सहित ९० रनको इनिङ खेलेपछि लुम्बिनी तीन विकेटले विजयी भएको थियो । गत वर्ष अनिल गण्डकीको टोलीमा थिएनन् । गवतर्ष उत्कृष्ट प्रभाव छाडेका स्पिनर सुभास भण्डारी, दीपक डुम्रे अघिल्लो महिना यू१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने कमल परियार लगायत खेलाडी गण्डकीको टोलीमा छन् ।

गत वर्ष गण्डकी ४ खेलमा १ मा जित र ३ मा हार समूह ए बाट पुछारमा रहेर बाहिरिएको थियो । गण्डकीले गत वर्ष प्रदेश १ लाई दुई विकेटले हराएको थियो । टोली पुछारमा रहेपनि युवा खेलाडीले उत्कृष्ट छाप छाड्न सफल भएका थिए ।
प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । गण्डकी समूह बी मा छन् । गण्डकीसँगै नेपाल एपिएफ क्लब, लुम्बिनी, बागमती र प्रदेश २ छन् । गण्डकीले पहिलो खेल पुष २७ मा मुलपानीमा प्रदेश २ सँग खेल्दै सुरुवात गर्ने छ । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले नेपाली सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने अवसर रहनेछ ।
गण्डकीको टोली :
विपिन खत्री (कप्तान), विशाल पौडेल (उपकप्तान), विधान श्रेष्ठ (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द वि.क, सन्दीप खत्री क्षेत्री, अभिषेक बस्नेत, कमल परियार, सुभास भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल ।
प्रशिक्षक : रिजन प्रजु
व्यवस्थापक : चन्द्र कुमार गुरुङ

गण्डकीको खेल तालिका
पुष २७ (११ जनवरी) – प्रदेश २ सँग मुलपानी क्रिकेट मैदान(दिउँसो)
पुष २९ (१३ जनवरी) – एपिएफसँग मुलपानी (दिउँसो)
माघ १ (१५ जनवरी) – बागमतीसँग टियु क्रिकेट मैदान (दिउँसो)
माघ २ (१६ जनवरी) – लुम्बिनीसँग टियु (दिउँसो)
यो पनि : दुई नयाँ अनुहार समेट्दै एपिएफको टोली घोषणा
तीन नयाँ अनुहार समेट्दै पिएमकप खेल्ने कर्णालीको टोली घोषणा
प्रधानमन्त्री टि२० राष्ट्रिय प्रतियोगितामा आर्मी र पुलिस एकै समूहमा
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]