default_image

4 years ago

January 18, 2022

‘धेरै पछि लयमा आएजस्तो लागेको छ’

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी अर्धशतक प्रहार गरेसँगै आफू धेरै समयपछि लयमा आएजस्तो लागेको बताएका छन् ।

लोकेशले मंगलबार दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेका थिए । लोकेश नेपाली टि२० क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । ‘जहिले पनि टिमको लागि रन बनाउँदा खुसी नै लाग्छ । आफ्नो लागि पनि रन बनाए । धेरै पछि लयमा आएजस्तो लागेको छ । यस प्रदर्शनले आगामी खेलको लागि धेरै आत्माविश्वास आएको छ’, लोकेशले खेलपछि भने ।

‘इनिङ महत्त्वपूर्ण भन्दापनि टिमको लागि रन बनाउन खोजिरहेको थिएँ । ओपनरहरुले नै ठूलो स्कोरका लागि राम्रो आधार खडा गर्नुभयो । मेरो सोच टिमलाई २ सयभन्दा माथि लैजानु थियो । त्यो भन्दा बढी नै भयो । राम्रो भयो’, उनले भने ।

कप्तान शरद भेषावकर १७ औं ओभरको तेस्रो बलमा स्क्वायर लेगमा राजेश पुलामीबाट ९ रनमा क्याच आउट भएपछि लोकेश क्रिजमा छिरेका थिए । उनी क्रिजमा छिर्दा इनिङ सकिन २१ बल बाँकी थियो । तर लोकेशले आर्मी तथा नेपालका चर्चित तीव्र गतिका बलर जितेन्द्र मुखियालाई सुरुवातमै लगातार तीन छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरे ।

‘मेरो लक्ष्य सामान्य थियो । झण्डै तीन चार ओभर बाँकी थियो । मैले रन बनाउनुपर्ने थियो । सुरुवात देखि बल मेरो क्षेत्रमा आएकोले सजिलो भयो’, उनले थपे, ‘१५–२० बल पाए भने ५० हानेर आउने सोच बनाएको थिए । भाग्यवश त्यहि भयो ।’

लोकेशले एक महिना अघि यू–१९ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए । तर उनी नेपालको यू–१९ टोलीमा अटाएका थिएनन् । लोकेश आफूले त्यसबेला राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारे । त्यसपछि आफ्नो प्रदर्शन सुधार्ने सोचका साथ अघि बढेको उनले बताए ।

मंगलबार पूर्व टोली आर्मीविरुद्ध लोकेशले १८ बलमा ९ छक्का र २ चौका सहित ६८ रनको अविजित इनिङ खेले । जारी प्रतियोगितामा लोकेशको यो दोस्रो अर्धशतक हो । लोकेशले यसअघि बागमती प्रदेशविरुद्ध २१ बलमै अर्धशतक पूरा गरेका थिए । जसक्रममा तीव्र गतिका बलर रामनरेश गिरीलाई एकै ओभरमा पाँच चौका र एक छक्कासहित २६ रन जोडेका थिए ।

आर्मीविरुद्ध आसिफ शेखले ४३ बलमा १० चौका र ५ छक्का सहित ८४ रन र प्रदीप ऐरीले ५३ बलमा ७ चौका र १ छक्कासहित नटआउट ५७ रनको योगदान दिए । तीन खेलाडीको अर्धशतकमा एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन मात्र बनाउन सकेको थियो । फाइनलमा नेपाल पुलिस क्लब र एपिएफबीच बुधबार प्रतिस्पर्धा हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.