default_image

4 years ago

February 10, 2022

ओमानमा क्रिकेट टोलीको ‘राइनोज’ मन्त्र

334 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी टि२० विश्वकप छनोटको तयारीका लागि ओमानमा छ । विहीबार प्रशिक्षण सुरु गर्ने क्रममा नेपाली टोलीले प्रयोग गर्ने प्रशिक्षण जर्सीमा नयाँ लोगो देखियो । एकातर्फ क्यानको लोगो र अर्को तर्फ प्रायोजक केल्मीको लोगोसँगै नयाँ ध्यान खिच्ने लोगो थियो ।

लोगोमा एकातर्फ क्रिकेट ब्याट बोकेर प्याड अप गरेको गैंडाको आकृति छ भने अर्कोतर्फ अंग्रेजीमा राइनोज शब्दको हरेक अक्षरलाई प्रयोग गरेर टोलीको मन्त्रलाई प्रष्ट्याउन खोजिएको छ । राइनोज शब्दको आरलाई रेस्पेक्ट अर्थात् सम्मान, एचलाई अनेस्टि अर्थात् इमान्दारी, आईलाई इन्टेग्रिटी अर्थात् अखण्डता, एनलाई नेस्नलिटी अर्थात राष्ट्रियता, ओलाई वन टिम अर्थात् एक टिम र एसलाई सक्सेस अर्थात् सफलता भन्दै व्याख्या गरिएको छ ।

राष्ट्रिय टोलीका व्यवस्थापक सुमनराज कार्कीले टोलीले टोलीमा सबै खेलाडी र अफिसियलमाझ छलफल गरेर नै यो कदम अघि सारेको जानकारी दिए । ‘हामीले यसलाई टोलीको मन्त्र नै बनाएको छौं । सबैले छलफल गरेर उचित शब्द रोज्यौं र यसको अर्थले हाम्रो टिमको चिनारी दिने गरि खोजेका हौं । खेलाडी र अफिसियल सबै मिलेर एकवद्ध भएर बढेका छौं । हामीले हरेक प्रशिक्षण जर्सीमा यो लोगो प्रयोग गरेका छौं,’ व्यवस्थापक कार्कीले जानकारी दिए ।

नेपाली टोलीले विश्वकप छनोटअघि हुने चार देश सम्मिलित सिरिजबाट केल्मीको लोगो अंकित जर्सी पनि प्रयोग गर्नेछ । यसअघि ओमानमा सम्पन्न सिरिजमा क्यान र केल्मीबीच सम्झौता हस्ताक्षर भएपनि प्रशिक्षण किट मात्र उपलब्ध भएको थियो । यसपटक भने केल्मीकै लोगो अंकित जर्सी टोलीले प्रयोग गर्नेछ । जर्सीको डिजाइन भने हाललाई क्यानले केहि समयअघि खुला प्रतियोगिता मार्फत पुरस्कृत गरेको डिजाइन नै छ ।

यो पनि : कप्तानीमा विलियम्सनलाई पछि पार्दै सन्दीप

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.