default_image

4 years ago

February 10, 2022

कप्तानीमा विलियम्सनलाई पछि पार्दै सन्दीप

338 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध कप्तानको जिम्मेवारीमा डेब्यू गर्दै छन् । सन्दीपले डेब्यू कप्तानीमै वर्तमान समयका विश्व क्रिकेटका सर्वोत्कृष्ट कप्तान केन विलियम्सनलाई पछि पार्नेछन् ।

शुक्रबार ओमानविरुद्ध टसका लागि मैदान उत्रँदा सन्दीपले २१ वर्ष १ सय ९३ दिनमा टि२० आईमा कप्तानी गर्नेछन् । सन्दीप समग्रमा टि२० आईमा कप्तानी गर्ने विश्वका आठौं कान्छा कप्तान बन्नेछन् । टि२० आईमा मलेसिया युवा विकेटकिपर ब्याटर विरनदीप सिंहले २०१९ मा २० वर्ष १ सय ९० दिनमा भानुआतुविरुद्ध कप्तानी गर्दै सबैभन्दा कम उमेरको कीर्तिमान राखेका थिए ।

सन्दीपले कम उमेरमा टि२० आईमा कप्तानी गर्नेमा न्युजिल्यान्डका केन विलियम्सनलाई पछि पार्नेछन् । विश्व क्रिकेटका सर्वोत्कृष्ट कप्तान विलियम्सनले २०१२ मा वेस्टइन्डिजविरुद्ध २१ वर्ष ३ सय २८ दिनमा कप्तानी गरेका थिए । सन्दीप अफगानिस्तानका राशिद खानले २० वर्ष ३ सय ५९ वर्षको उमेरमा कप्तानी गर्दै सातौं कान्छा कप्तानको सूचिमा छन् । टि२० आईमा नेपालबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल हुँदै सन्दीप तेस्रो खेलाडी बन्नेछन् ।

सन् २०१६ को यू–१९ विश्वकपबाट उदाएका सन्दीप नेपालको सिनियर क्रिकेट टोली, इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग लगायत विश्व चर्चित विदेशी टि२० फ्रेन्चाइज लिग हुँदै ६ वर्षमा नेपाली टोलीको नेतृत्व गर्दैछन् । क्यानले गत मंसिर २९ मा अनुशासनको कारण ज्ञानेन्द्र मल्ललाई क्यानले कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो ।

सन्दीप नेपालको १० औं कप्तान बन्दै

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.