default_image

2 years ago

February 11, 2022

विराट डक आउट

198 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा डक आउट (शून्य) भएका छन् ।


नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती चौथो ओभरमै आफ्ना प्रमुख दुई ब्याटर गुमाएको थियो । ओपनर तथा कप्तान रोहित शर्मालाई तीव्र गतिका बलर अल्जारी जोशेफले तेस्रो बलमा १३ रनमा बल्ड आउट भएका थिए । त्यसपछि क्रिजमा आएका विराट कोहली पाँचौं बलमा बोल्ड आउट हुन पुगे । जोशेफले दुई विकेट सहित मेडन राखेका छन् ।

भारतले ६ ओभरमा २ विकेट गुमाउँदै रन बनायो । भारतले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । लोकेश राहुल, युजभेन्द्र चहल र दीपक हुडालाई बेन्चमा राखेको छ । कुलदीप यादव, श्रेयस ऐर र शिखर धवनलाई मौका दिएको छ । वेस्टइन्डिजले अकिल हुसैनको स्थानमा हेडन वाल्श जुनियरलाई मौका दिएको छ ।

विराट कोहली ७१ औं अन्तर्राष्ट्रिय क्रिकेट शतकको पर्खाईमा दुई वर्षदेखि छन् । दुई वर्षदेखि कोहलीले कुनैपनि अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्न सकेका छैनन् । वेस्टइन्डिजसँगको जारी सिरिजमा कोहली पहिलो खेलमा ८ र दोस्रो खेलमा १८ रनमा आउट भएका थिए ।

तीन ओडिआई खेलको सिरिज भारतले २–० ले जितेको छ । भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेल ४४ रनले विजयी हुँदै सिरिज जितेको थियो ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.