default_image

2 years ago

February 11, 2022

नेपालको उत्कृष्ट सुरुवात

102 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती चार ओभरमा ओमानका प्रमुख दुई ब्याटरलाई आउट गरेको छ ।

तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरे । उनले ११ बलमा २ चौका प्रहार गरे । पहिलो विकेटका लागि कश्याप र जतिन्दर सिंहले २४ रनको साझेदारी गरेका थिए ।

चौथो ओभरको पहिलो बलमा आरिफ शेखले जतिन्दर सिंहलाई १३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । जतिन्दर ८ बलमा ३ चौका प्रहार गरे । आरिफको बलमा जतिन्दर टप एज लागेर कट विहाइन्ड हुन पुगेका थिए । जतिन्दरको विकेटसँगै नेपाल खेलमा हाबी बनेको छ ।

डेब्यूको पहिलो दोस्रो ओभरमै बलिङ गर्न आएका स्पिनर सागर ढकालले तीन चौकासहित १२ रन खर्चेका थिए । ओमानले ३.१ ओभरमा २ विकेट गुमाएर २४ रन बनाएको छ ।

नेपालले आजको खेलमा युवा ओपनर कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, लोकेश बम, साहब आलम र जितेन्द्र मुखियालाई बेन्चमा राखेको छ । 

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

Success

Thank you for your time.