default_image

2 years ago

February 12, 2022

नेपालीमाथि युएईको उत्कृष्ट ब्याटिङ

91 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत नेपालसँगको खेलमा युएईले सुरुवाती १ ओभरमा उत्कृष्ट ब्याटिङ गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको युएईले सुरुवाती १२ ओभरमा १ विकेट गुमाउँदै ८९ रन बनाएको छ ।

युएईका ओपनर चिराग सुरी २९ बलमा १ चौका र २ छक्कासहित ३३ रनमा । रोहन मुस्तफा ३० बलमा ५ चौका र १ छक्कासहित ४१ रनमा अविजित छन् । दोस्रो विकेटका लागि सुरी र मुस्तफाले ७४ रनको उत्कृष्ट अविजित साझेदारी गर्दै विशाल योगफलको बाटोतर्फ अघि बढाएका छन् ।

ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोड्दै राम्रो सुरुवात गरेका थिए । मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच आउट भए । स्पिनर साहब आलमको बलमा लगातार तेस्रो छक्का हान्ने धुनमा वासिम दीपेन्द्रसिंह ऐरीबाट क्याच हुन पुगे ।

त्यसपछि क्रिजमा आएका मुस्तफाले उत्कृष्ट ब्याटिङ गरेका छन् । स्पिनर साहब आलमले तेस्रो ओभरमा तीन छक्का र एक चौकासहित २२ रन खर्चेका थिए ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.