4 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा सहभागी छन् । सन्दीप सम्मिलित समूह अनक्याप्ड स्पिनरको समूह अझै आएको छैन ।

सन्दीपको नाम क्रम संख्या ९४ मा छ । उनी अक्सनको ११ औं समूहमा रहेका छन् । यस समूहमा सिनियर राष्ट्रिय टोलीबाट नखेलेका स्पिनरहरुको नाम रहेको छ । सन्दीप एसोसिएट टोलीको स्टार रहेकाले उनलाई पनि यसै समुहमा राखिएको छ । अफगानिस्तानका स्पिनर नुर अहमदको नाम पनि यसै समूहमा छ ।
यसपटक आइपिएल अक्सनमा स्पिनरमाथि खासै रकम खर्च भएको छैन । अनुभवी स्पिनरहरु इमरान ताहिर र अमित मिश्रामाथि कुनै टोलीले बोली लगाएनन् । त्यस्तै कुलदिप यादव पनि २ करोडमा विक्री भए । त्यस्तै अष्ट्रेलियाका एडम जाम्पा, इंग्ल्यान्डका आदील राशिद र अफगानिस्तका मुजिब उर रहमान पनि बिकेका छैनन् । नाम चलेका लेग स्पिनरमा हालसम्म बोली नलागेकोले पनि सन्दीपको सम्भावना रहन सक्छ । अर्कोतर्फ लेग स्पिनर कुनै टोलीले नचाहेको अनुमान पनि लगाउन सकिन्छ ।
सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । तर अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले रुचि देखाएनन् ।
सन् २०१८ मा दिल्लीले लिगबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए । २०१९ मा ६ खेलमा सन्दीपले ९ विकेट लिएका थिए । २०२० मा भने पुरै बेन्चमा बसेर फर्किएका थिए । मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका थिए । २०२१ को अक्सनमा भने सन्दीप विकेका थिएनन् ।
यो पनि : सन्दीप आइपिएलमा बिक्ने पाँच आधार
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]