default_image

2 years ago

February 17, 2022

‘नेपाल राम्रो टोली हो’– ओमानका कप्तान मकसुद

170 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमान क्रिकेट टोलीका कप्तान जिशान मकसुदले नेपाल राम्रो क्रिकेट टोली रहेको बताएका छन् । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार नेपालसँग खेल्नुअघि ओमानका कप्तानले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल राम्रो टोली हो । राम्रा खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सन्दीप सबै राम्रा छन् । मलाई लाग्छ खेलमा राम्रो प्रतिस्पर्धात्मक खेल हुनेछ’, मकसुदले नेपालसँग खेल्नुअघि भने । ‘टि२० क्रिकेटमा भन्न सकिदैन । क्यानडा, नेपाल, ओमान, युएई र आयरल्यान्ड प्रतियोगिता बलिया टोली हुन् । आशा गरौं राम्रो हुनेछ’, मकसुदले प्रतियोगिता बलिया टोलीबारे भने ।

ओमान चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालसँग ६ विकेट र आयरल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । नेपाललाई २५ रन र आयरल्यान्डलाई १३ रनले हराएको युएईलाई अन्तिम खेलमा ओमानले ७ विकेटले पराजित गरेको थियो ।

‘हाम्रो सुरुवात खराब रह्यो । तर अन्तिम खेलमा युएईलाई हरायौं । त्यसले आत्माविश्वास बढेको छ । आगमी खेलमा हामी राम्रो क्रिकेट र प्रदर्शन गर्ने छौं । टि२० मा कुनैपनि टोलीलाई सहज लिन सकिदैन । त्यो दिन हामीले राम्रो क्रिकेट खेल्नुपर्छ । योजनामा काम गर्ने छौं,’ उनले प्रतियोगिता बारे भने ।

‘यो प्रतियोगिता महत्त्वपूर्ण छ । पछिल्लो पटक टि२० विश्वकप खेलेका थियौं । दोस्रो चरणमा पार गर्न भने सकेनौं । यो राम्रो अवसर हो । हामीलाई घरेलु मैदान र वातावरणको फाइदा हुनेछ । आउटफिल्ड र पिचबारे सबै खेलाडीलाई थाहा छ’, घरेलु मैदानबारे उनले भने ।

ओमानका प्रमुख खेलाडी अकिब इलियास चोटका कारण यसपटक विश्वकप छनोटमा छैनन् । उनी झन्डै ६–७ महिना मैदान बाहिर रहनेछन् । अकिब नहुँदा ओमान केहि कमजोर पनि देखिएको छ । ‘अकिब नहुनु धेरै दुःखको कुरा हो । उनी घुँडाको चोटका कारण छैनन् । आशा गरौं उपचारपछि चाडैं टोलीमा फर्किनेछन्’, उनले भने ।

ओमानले गत अक्टोबर नोभेम्बरमा भएको टि२० विश्वकपको पहिलो चरणका खेल आयोजना गरेको थियो । विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् । ओमानले शुक्रबार नेपाल, शनिबार क्यानडा र सोमबार फिलिपिन्ससँग खेल्नेछ । समूह ए मा आयरल्यान्ड, बहराइन, जमर्नी र युएई छन् । शीर्ष दुई दुई टोलीले मंगलबार सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोली आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । घरेलु टोली ओमान दाबेदार टोली हो ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.