default_image

2 years ago

February 18, 2022

खराब ब्याटिङसँगै नेपालको सामान्य योगफल

101 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले खराब ब्याटिङसँगै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा घरेलु टोली ओमानलाई १ सय १८ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल सुरुवातमै आउट भएका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट ४ रनमा क्याच अउट भए । बिलालको तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल मिडविकेटमा ५ रनमा खवरबाटनै समातिन पुगे । दुबै ओपनर आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो ।

ज्ञानेन्द्र मल्ललाई तीव्र गतीका बलर फैज बटले सातौं ओभरको पाँचौं बलमा १५ रनमा बोल्ड गरे । ज्ञानेन्द्रले १५ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र आउट हुँदा नेपाल ३३–३ को अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र आउट भएको दुई ओभरपछि प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

दीपेन्द्र नवौं ओभरको तेस्रो बलमा जिशान मकसुदलाई अघि बढेर सट खेल्नेक्रममा ११ रनमा विकेटकिपर नसिम खुशीबाट स्टम्पिङ आउट भए । १८ बल खेलेका दीपेन्द्रले १ चौका प्रहार गरे । खवर अलीको १४ औं ओभरको दोस्रो बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा लङअफमा कलिमुल्लाहबाट १६ रनमा क्याच आउट भए ।

१७ बल खेलेका लोकेशले १ छक्का प्रहार गरे । अलीको १६ औं ओभरको अन्तिम बलमा विवेक स्विच हिट सट खेल्नेक्रममा फैज बटबाट ७ रनमा क्याच आउट भए । कमलसिंह ऐरी १ रनमा आउट भए ।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.