default_image

2 years ago

February 18, 2022

म्याथ्युको कीर्तिमानी शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य

87 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सको शतकको सहयोगमा क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १६ रन बनायो । क्यानडका ओपनर म्याथ्यू स्पोर्सले ६६ बलमा १४ चौका र ३ छक्कासहित १ सय ८ रनको कीर्तिमानी शतकीय इनिङ खेले । उनी क्यानडाबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

यसअघि क्यानडाबाट टि२० आईमा रयान खान पठानले पनमाविरुद्ध १ सय ७ रनको अविजित शतकीय इनिङ खेलेका थिए । क्यानडाबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत हुन् ।

क्यानडालाई पहिलो विकेटका लागि रयान पठान र म्याथ्यू स्पोर्सले १५.१ मा १ सय ४९ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । पठान ४४ बलमा ९ चौका र २ छक्कासहित ७३ रनमा आउट भए । कप्तान नवनित धलिवाल ११ बलमा ३ छक्कासहित २६ रनमा अविजित रहे ।

फिलिपिन्सका हुजाफा मोहम्मदले एक विकेट लिए । विश्वकप छनोटमा समूह बी मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को खेलमा नेपालले ओमानलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.