default_image

2 years ago

February 18, 2022

बलिङमा नेपालको सानदार प्रदर्शन, समस्यामा ओमान

128 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा बलिङतर्फ ओमानविरुद्ध सानदार प्रदर्शन गरेको छ ।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ९ ओभरमा ५ विकेट गुमाउँदै ३४ रन बनाएको छ । ओमानका आमिर कलिम र शोएब खान क्रिजमा छन् ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै ओपनर कश्याप प्रजापतिलाई शून्यमा दीपेन्द्रसिंह ऐरीलाई क्याच गराए । दोस्रो ओभरको पाँचौं बलमा जितेन्द्र मुखियाले अयान खानलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए ।
छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्रले ओमानका प्रमुख ब्याटर जितेन्दर सिंहलाई मिडअफबाट उत्कृष्ट रन आउट गराएपछि नेपालले खेलमा सम्भावना देखाएको छ ।

उनले १८ बलमा ९ रन बनाए । सन्दीप लामिछानेले खवर अलीलाई सातौं ओभरको चौथो बलमा ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३१–४ को कमजोर अवस्थामा पुर्याए । कप्तान जिशान मकसुद दीपेन्द्रसिंह ऐरीको आठौं ओभरको पाँचौं बलमा ठूलो सट खेल्नेक्रममा एज लागेर मिडअनमा कुशल भुर्तेलबाट २ रनमा क्याच गराउँदै नेपाललाई जितको आशा देखाएका छन् ।

त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड -१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.