default_image

2 years ago

February 19, 2022

कुशलको सानदार शतक

126 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।


कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलले ९७ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरे ।

मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले १८.२ ओभरमा २ विकेट गुमाउँदै २ सय १ रन बनाएको छ । क्रिजमा ओपनर कुशल भुर्तेल ५७ बलमा १३ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । दीपेन्द्रसिंह ऐरी ४६ बलमा ६ चौका र ४ छक्का सहित ८३ रनमा अविजित छन् ।

तेस्रो विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ६५ रनको शतकीय साझेदारी गरि सकेका छन् । जुन नेपाली टि२० आईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) भए । तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । त्यसअघि पहिलो ओभरमा अर्का ओपनर कुशल भुर्तेलले ६ बल खेल्दै २ चौकासहित ९ रन जोडेका थिए । कुशल मल्ल १० बलमा २ चौकासहित १२ रनमा आउट भए । पाँचौं ओभरको दोस्रो बलमा कुशल मल्ललाई मिग्गी पोडोस्कीले मुजाममी शहजादबाट क्याच गराएका थिए ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.