default_image

2 years ago

February 20, 2022

नेपालले त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसिया र पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च अन्तिम देखि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्क टि२० आई सिरिज आयोजना गर्न लागेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मार्च अन्तिम देखि टियुमा गर्न लागेको […]

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसिया र पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च अन्तिम देखि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्क टि२० आई सिरिज आयोजना गर्न लागेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मार्च अन्तिम देखि टियुमा गर्न लागेको जानकारी दिए । सिरिजबारे अन्य जानकारी एक दुई दिनमा दिने प्रशान्तले बताए । मार्च मध्यमा युएईमा आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्युगिनी र युएईबीच त्रिकोणात्मक ओडिआई सिरिज हुने तालिका छ । तर युएई भम्रणको औपचारिक मिति भने तय भएको छैन । नेपालले मार्चमा खेल्ने पक्का भएपनि मिति अझैं सम्म सार्वजनिक भएको छैन । सम्भव त उक्त सिरिजपछि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

क्यानले घरेलु मैदानमा गर्ने यो दोस्रो टि२० आई त्रिकोणात्मक सिरिज हो । यसअघि गतवर्ष वैशाखमा क्यानले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो । उक्त सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो । उक्त सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल बनाएको थियो ।

नेपाली क्रिकेट टोली आइसिसी टि२० विश्वकप छनोट ए को लागि ओमानमा छ । नेपाल समूह बी मा २ खेलमा २ मा जितसहित शीर्ष स्थानमा छ । नेपालले सोमबार क्यानडालाई हराएमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ । सामान्य अन्तरले पराजित भएमा पनि सेमिफाइनलमा पुग्ने समिकरण छ । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

युएई र आयरल्यान्ड विजयी, रोमान्चक सेमिफाइनल समिकरण

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.