default_image

2 years ago

February 21, 2022

बहराइनसँग हारका बाबजुद युएई सेमिफाइनलमा

89 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – युएई आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि नेटरनरेटको आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बहरानले युएईलाई २ रनले पराजित गरेपनि नेटरनरेटको कारण तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्राबाट बाहिरियो । योसँगै समूह ए बाट आयरल्यान्ड र युएई सेमिफाइनलमा पुगेका छन् ।


१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । युएईको जितमा विकेटकिपर वित्य अरविन्द ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित रहे । रोहन मुस्तफा ३१ बलमा २ चौका र १ छक्कासहित ४१ रनमा रन आउट भए ।

अन्तिम १२ बलमा युएईलाई ३३ रन चाहिँएको थियो । १९ औं ओभरमा शरफराज अलीले ६ रन खर्चेर २ विकेट लिएपछि युएईको जित कठिन बनेको थियो । अन्तिम ६ बलमा युएईलाई जितको लागि २७ रन चाहिँएको थियो । सेमिफाइनला पुग्न १२ रन बनाए पुग्थ्यो । अरविन्दले पहिलो बलमा शाहिद मोहम्मदलाई चौका प्रहार गरे ।

दोस्रो बलमा पनि चौका प्रहार गरेपछि सेमिफाइनलमा पुग्न ४ बलमा चार रन आवश्यक परेको थियो । तेस्रो बलमा दुई र चौथो बलमा छक्का प्रहार गर्दै युएईले सेमिफाइनलमा स्थान पक्का गराएको थियो । पाँचौं बलमा अरविन्दले छक्का प्रहार गरेपछि जित नजिक पुगेको थियो । अन्तिम बलमा जितको लागि ५ रन चाहिँएको थियो । दुई रन बनाएपछि दुई रनले पराजित भएको थियो ।

युएईलाई अन्तिम तीन ओभरमा जितको लागि ४७ रन चाहिँएको थियो । इमरान अनवारले पहिलो बलमा मुस्तफालाई रन आउट गर्दा अर्को बलमा कासिफ दाउदलाई क्याच आउट गराए । तेस्रो र चौथो बलमा अरविन्दले लगातार छक्का प्रहार गर्दै युएईको आशा कायमै राखेका थिए । ओपनर चिराग सुरी २४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । मोहम्मद वासिम २ रनमा आउट भए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-२ मा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । बहराइनलाई बलियो योगफलमा पुर्याउन मध्यक्रमका डेविड म्याथियास र हैदर बुटले उत्कृष्ट ब्याटिङ गरेका थिए । डेविड ३५ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे ।


हैदर १७ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा रन आउट भए । पाँचौं विकेटका लागि हैदर र डेविडले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बहराइनका उमर इम्तियाजले ४० बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।

कप्तान शरफराज अली २२ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । ओपनर मोहम्मद युनिस शून्यमा आउट भएपनि त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गरेका थिए ।

समूह ए बाट आयरल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । आयरल्यान्डले समूह बी को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । युएई ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा युएईले समूह ए को विजेतासँग खेल्नेछ ।

बहरानको ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकनै भएपनि नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्न सकेन । अन्तिम खेलमा आयरल्यान्डले जमर्नीलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । तीनै टोलीको समान ४-४ अंक भएपनि आयरल्यान्डको नेटरनरेट ०.९९१, युएईको ०.६६७ र बहराइनको ०.२४० रह्यो । नेटरनरेटको कारण आयरल्यानड शीर्ष र युएई दोस्रो स्थानमा रहँदै सेमिमफाइनलमा पुगेका हुन् ।

समूह बी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले क्यानडासँग टस हारेर पहिला फिल्डिङ गर्दैछ । उक्त खेलमा नेपाल विजयी भएमा समूह ए उप विजेता युएईसँग खेल्ने छ । पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ ।

क्यानडा र ओमान २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । ओमानले फिलिपिन्ससँग आजनै खेल्दैछ । नेपाल विजयी भएमा ओमानले फिलिपिन्सलाई पराजित गरेमात्र पुग्छ । तर नेपाल पराजित भएमा ओमानले फिलिपिन्सलाई फराकिलो जित निकाल्नु पर्ने हुन्छ । सेमिफाइनल मंगलबार र फाइनल विहीबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.