default_image

2 years ago

February 22, 2022

विश्वकप छनोटमा अपराजित रहने नेपाल एकमात्र टोली

106 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहने नेपाल एकमात्र टोली हो । सोमबार समूह चरणको अन्तिम खेलमा यूएई बहराइनसँग पराजित भएसँगै नेपाल अपराजित रहँदै सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो ।

नेपाल बाहेक सेमिफाइनल पुगेका अन्य तीन टोली ओमान, आयरल्यान्ड र युएईले १-१ खेलमा हार बेहोरेका छन् । पहिलो सेमिफाइनलमा नेपाल र युएई तथा दोस्रो सेमिफाइनलमा आयरल्यान्ड र घरेलु टोली ओमानबीच आज प्रतिस्पर्धा हुनेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता रुपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

दुबै सेमिफाइनल मंगलबार दिउँसो ३:४५ मा हुनेछन् । नेपाल र युएईबीच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ र आयरल्यान्ड र ओमानबीच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सेमिफाइनल हुनेछ । फाइनल पुग्ने टोली विश्वकप २०२२ अष्ट्रेलिया टिकट पाउनेछन् । फाइनल विहीबार हुनेछ । सेमिफाइनलमा पुग्ने यी चार टोलीबीच प्रतियोगिता अघि चार देश सम्मिलित टि२० आई सिरिज भएको थियो । त्यसैले एक अर्कालाई राम्रोसँग जानकार छन् ।

अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । आयरल्यान्डले अन्तिम खेलमा जमर्नीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अन्तिम खेलमा हारका साथ सेमिफाइनल पुग्ने युएईमात्र एक टोली हो । युएई बहराइनसँग २ रनले पराजित भएपनि नेटरनरेटको कारण दोस्रो स्थाानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

नेपाल समूह बी मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । युएई ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । बहराइनसँग २ रनले पराजित भएपनि नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

समूह ए मा आयरल्यान्ड युएईसँग १८ रनले पराजित भएपनि त्यसपछि बहराइनलाई २१ रन र जमर्नीलाई ७ विकेटले हराउँदै समूह ए को विजेता बनेको हो । ओमान पहिलो खेलमा नेपालसँग पराजित भएपनि क्यानडा र फिलिपिन्सलाई ९–९ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । फिलिपिन्सलाई ९ विकेटले हराउँनेक्रममा ओमानले ३७ रनको लक्ष्य २.५ ओभरमा पूरा गरेको थियो ।

अंक तालिका

नेपाल समूह बी ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । ओमान ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । क्यानडा ३ खेलमा २ मा हार र १ मा जित सहित २ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । फिलिपिन्स ३ खेलमा जित विहीन बन्दै पुछारमा रह्यो ।

समूह ए बाट आयरल्यान्ड ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो । युएई ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । बहराइन ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा रह्यो ।

तीनै टोलीको समान ४-४ अंक भएपनि आयरल्यान्डको नेटरनरेट ०.९९१, युएईको ०.६६७ र बहराइनको ०.२४० रह्यो । नेट रनरेटको कारण आयरल्यान्ड शीर्ष र युएई दोस्रो स्थानमा रहँदै सेमिमफाइनलमा पुगेका हुन् । जमर्नी तीन खेलमा जित विहीन हुँदै बाहिरियो ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.