default_image

2 years ago

February 21, 2022

शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी, नारायणको उत्कृष्ट ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत सोमबार दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् । दिनको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा […]

147 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत सोमबार दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।

दिनको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा १ सय रनमा अल आउट भयो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु अन्यले राम्रो योगदान दिन सकेनन् ।

शारदाका अर्जुन सिंह साउदले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १र१ विकेट लिए ।

त्यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए ।

एभरेष्टका कृश ऐरले ४ ओभरमा ३ महत्त्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान २र२ विकेट लिए । गोविन्द विष्ट र मुकेश ओझा १÷१ विकेट हात पारे ।

दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गर्यो । सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६ रन बनायो ।

२ सय ७ रनको विजयी पछ्यएको सैनिकले १५.३ ओभरमामा १ सय १४ रनमा अल आउट भयो । सैनिकका लागि सुरुवाती ब्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३.४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए । त्यसपछि सम्हालिन नसकेको सैनिकका ब्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार ब्यहोर्नुपर्यो । उसका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सके ।

हिमालयनका दीपक बोहरा(जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिए । अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए ।

यस अघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रनको उत्कृष्ट पारी खेले । उनलाई इनिङको अन्तिम ओभरमा कमलेस विष्टले बोल्ड आउट गरेका थिए । हिमालयनका वसन्त सिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६-१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट रहे ।

बलिङ तर्फ सैनिकका गौतम केसीले २, कमलेस विष्ट, सैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १र१ विकेट लिए ।

खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड दीपक बोहरा जुनियरले पाए ।

प्रतियोगिता अन्तरगत भोलि मङ्गलवार पहिलो खेलमा बिहान ९ः३० बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछन्, भने दोस्रो खेलमा दिउसो १ः३० बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन् ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको विजेताले १ लाख ५० र उप–विजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.