default_image

2 years ago

February 22, 2022

नेपाललाई घातक बन्न सक्ने युएईका पाँच खेलाडी

127 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ । नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

युएई पनि नेपाललाई हराउँदै विश्वकप खेल्न चाहन्छ । विश्वकपका प्रमुख दाबेदार यी दुई टोलीबीच पहिलो सेमिफाइनलमा कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ । नेपाल समूह बी बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली हो । नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो ।

युएईले टेस्ट टोली आयरल्यान्डलाई १८, जमर्नीलाई २४ रनले हराउँदा बहराइनसँग २ रनले स्तब्ध भएको थियो । बहराइनसँगको हारले युएई सजग छ । युएईले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । युएईका केहि प्रमुख खेलाडी उच्च लयमा छन् । उनीहरुको प्रदर्शन आजको खेलमा निकै महत्वपूर्ण हुनसक्छ । नेपाललाई घातक बन्नसक्ने युएईका पाँच हतियार यस प्रकार छन् ।

५. जहुर खान

तीव्र गतिका बलर जहुर खान योर्करका लागि चिनिन्छन् । डेथ ओभरमा उनले लगातार योर्करको साथ टिमको जित सहज बनाउन सक्छन् । पाकिस्तानी मुलका जहुरले युएईबाट ३० टि२० आई खेलमा ३६ विकेट लिएका छन् । आयरल्यान्डलाई हराउन दुई विकेट लिएका थिए । नेपालसँग चार देश सम्मिलित टि२० आई खेलमा विकेट लिन नसकेपनि डेथ ओभरमा लगातार योर्करका साथ जित सहज बनाएका थिए । नेपालको तल्लोक्रम ब्याटिङ त्यति राम्रो छैन । उनले त्यसको फाइदा उठाउन सक्छन् ।

४.मोहम्मद वासिम

ओपनर मोहम्मद वासिम आक्रामक ब्याटिङका लागि चिनिन्छन् । पावर प्लेमा वामिसले विष्फोटक ब्याटिङको क्षमता राख्छन् । वासिमले १० टि२० आई खेलमा १ शतक र २ अर्धशतक सहित कुल ३ सय २४ रन बनाएका छन् । उनले पावर प्लेमा आक्रामक ब्याटिङको साथ टोलीलाई विशाल योगफलको आधार तय गर्न सक्छन् ।

जारी प्रतियोगितामा जमर्नीसँग ५० रनको इनिङ खेलेका थिए । ओमानसँग ४४ बलमा ३ चौका र ८ छक्कासहित ८४ रन जोड्दै आउट भए । नेपालसँगको खेलमा उनी १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भएका थिए । ठूला सटको क्षमता राख्ने उनी क्रिजमा टिक्नु नेपाललाई घातक बन्नसक्छ ।

३. चिराग सुरी

ओपनर चिराग सुरी उच्च लयमा छन् । सिरिजमा नेपाललाई हराउन सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेलेका थिए । उच्च लयमा रहेका सुरीले जमर्नीविरुद्ध ८१ रन बनाएका थिए । केहि साता अघि ओमानविरुद्ध ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

सुरी २०१७ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्समा अनुबन्ध भएका थिए । यसले पनि उनको क्षमता प्रष्टाउँछ । सुरीले पोखरा प्रिमिपर लिग (पिपिएल) २०१८ मा बुटवल ब्लास्टरबाट खेलेका थिए । नेपाली खेलाडीबारे राम्रो जानकार हुँदा र उच्च लयमा भएका सुरी पुन घातक बन्न सक्छन् । सुरी क्रिजमा टिक्दै ठूलो इनिङ खेल्न सक्ने क्षमता भएको खेलाडी हुँदा अर्को ब्याटरलाई खेल्न सहज हुनसक्छ ।

२. रोहन मुस्तफा

बायाँ हाते अलराउन्डर रोहन मुस्तफा नेपाली क्रिकेटको कमजोरी सबैभन्दा नजिकबाट चिन्ने खेलाडी हुन् । नेपाली टि२० फ्रेन्चाइजका चर्चित स्टार मुस्तफा उच्च लयमा छन् । नेपाली फ्रेन्चाइज लिगमा उनले सबै खेलाडीसँग खेलेका छन् । सिरिजमा नेपाललाई हराउन मुस्तफाले ३५ बलमा ४ चौका र २ छक्कासहित ४९ रन बनाउनुको साथै दुई महत्वपूर्ण विकेट लिएका थिए ।

३३ वर्षिय मुस्तफाले बलिङ र ब्याटिङ दुबैमा उच्च प्रदर्शन गर्दै आएका छन् । उनी बायाँ हाते खेलाडी हुँदा दायाँ र बायाँ हाते सन्तुलन मिल्नेछ । नेपाली खेलाडीलाई धेरै नजिकबाट चिनेको र उच्च लयमा हुँदा नायक बन्न सक्छन् ।

१. वृत्य अरविन्द

१९ वर्षिय विकेटकिपर वृत्य अरविन्द युएईका प्रमुख हतियार हुन् । अरविन्दले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टेस्ट टोली आयरल्यन्डलाई हराउन अरविन्द्रले ६७ बलमा १३ चौका र १ छक्कासहित ९७ रनको अविजित इनिङ खेलेका थिए । बहराइनलाई हराउन उनले ५२ बलमा ६ चौका र ५ छक्कासहित ८४ रनमा अविजित थिए ।

उनले अन्तिम ओभरमा मात्र शाहिद मोहम्मदलाई समान २ चौका र २ छक्कासहित कुल २४ रन जोडेका थिए । आयरल्यान्डविरुद्ध अन्तिम ओभरमा जोश लिटिललाई १९ रन प्रहार गरेका थिए । उनले मैदानमा परिपक्व र जिम्मेवारी ब्याटिङ गरेका छन् । सुरुवातमा केहि समय लिएपनि अन्त्य उत्कृष्ट गर्दै आएका छन् ।

विश्वकप छनोटमा जमर्नीसँग ४० रनमा रन आउट हुँदा त्यसअघि सिरिजमा उनले आयरल्यान्डसँग ५०, ओमानसँग १९ रनमा आउट भएका थिए । सिरिज अघि ओमानसँग ओडिआई खेलमा अरविन्दले ८९ र ३४ रन जोडेका थिए । मैदानमा जिम्मेवारी प्रदर्शन गर्दै आएका उनले पहिला विपक्षी बलरलाई विकेट नदिइ दबाबमा राख्ने गर्दछन् । त्यो दबाबपछि उच्च प्रदर्शन गर्दै आएका छन् । उनी टिक्नु नेपालको लागि घातक बन्नसक्छन् । उनको उच्च लय र जिम्मेवारी प्रदर्शनले गर्दा विकेट लिन सहज पनि हुनेछैन ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.