default_image

2 years ago

February 23, 2022

नेपालले युएईमा खेल्ने विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना युनाइटेड अरव इमिरेट्स (युएई) मा खेल्ने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । मार्च तेस्रो साता नेपाल, युएई र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका बाहिरिएको छ । नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ ।

विश्वको चर्चित क्रिकेट साइट क्रिकबजका अनुसार नेपालले पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । नेपाली टोली आइसिसी टि२० विश्वकप छनोट ए को लागि ओमानमा छ । मंगलबार नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप खेल्ने अवसर गुमाएको हो । नेपालले बिहीबार तेस्रो स्थानको लागि ओमानसँग खेल्नेछ । त्यसपछि नेपाली क्रिकेट स्वदेश फर्किनेछ । केहि साताको तयारी पछि नेपाल पुएई लाग्नेछ ।

युएईमा उक्त सिरिजपछि नेपालले मार्च अन्तिममा घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । विश्वकप लिग–२ को नेपाल क्रिकेट संघ (क्यान) ले भने औपचारिक रुपमा खेल तालिका सार्वजनिक गरेको छैन ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपालको खेल तालिका


१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

अंक तालिका

ओमान २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.