default_image

2 years ago

February 24, 2022

नेपालको उत्कृष्ट सुरुवात

99 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि जारी प्रतिस्पर्धामा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले ४.४ ओभरमा ३ विकेट गुमाउँदै १६ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद ५ रनमा अविजित छन् ।

दोस्रो ओभरको दोस्रो बलमा कश्यापसँग तालमेल नमिल्दा ओपनर जतिन्दर सिंह दुई रनमा रन आउट भए । कमलसिंह ऐरीको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका शोएब खान ३ रनमा सन्दीप लामिछानेबाट क्याच आउट भए । अभिनाश बोहराको पाँचौं ओभरको चौथो बलमा कश्याप प्रजापति सन्दीप लामिछानेबाट ५ रनमा आउट भए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियालाई बेन्चमा राख्दा युवा स्पिनर सागर ढकाललाई मौका दिएको छ । टोलीमा अन्य परिवर्तन भने भएको छैन । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् ।

नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप २०२२ मा पुग्नबाट बन्चित भएको थियो । ओमान टेस्ट टोली आयरल्यान्डसँग ५६ रनले पराजित हुँदै विश्वकप गुमाएको थियो ।

May 22, 2024

बंगलादेश अमेरिकाविरुद्ध स्तब्ध

एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो । बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित […]

May 21, 2024

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र […]

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

Success

Thank you for your time.