default_image

2 years ago

February 24, 2022

वासिमको कीर्तिमानी शतकमा युएईलाई उपाधि

97 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओपनर मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा युएईले टेस्ट टोली आयरल्यान्डलाई ७ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए को उपाधि जितेको छ । बिहीबार फाइनलमा युएईले आयरल्यान्डमाथि सानदार जितका साथ च्याम्पियन बनेको हो ।

१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा ओपनर वासिमले ६६ बलमा ७ चौका र ८ छक्कासहित १ सय १२ रनको उत्कृष्ट शतकीय विजयी इनिङ खेले । उनी युएईबाट टि२० आईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले गतवर्ष अक्टोबरमा आयरल्यान्डविरुद्ध नै १ सय ७ रनको अविजित शतकीय इनिङ खेलेका थिए । सेमिफाइनलमा नेपाललाई हराउँदै युएईलाई विश्वकपमा पुर्याउनले वासिमले ७० रनको सर्वाधिक इनिङ खेलेका थिए ।

रोहन मुस्तफा ३७ बलमा २ चौकासहित ३५ रनमा अविजित रहे । १२ रन जोड्दा दुई विकेट गुमाएको युएईलाई मुस्तफा र वासिमले तेस्रो विकेटका लागि १ सय ४१ रनको कीर्तिमानी शतकीय साझेदारी गरे । यो साझेदारी युएईको टि२० आाईमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । चिराग सुरी ३ र वृत्य अरविन्द शून्यमा आउट भए । आयरल्यान्डका जोश लिटिलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड १९.४ ओभरमा १ सय ५९ रनमा अल आउट भएको थियो । आयरल्यान्डका ह्यारी टेक्टरले ३७ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । शेन गेटकेटले ३०, मार्क आदिर २०, ब्यारी माकर्थी १५, पउल स्टर्लिङ १२ र लोर्कान टेकर २० रनमा आउट भए

। युएईका तीव्र गतिका बलर जहुर खानले सर्वाधिक ३ विकेट लिए । युएईले दुई हप्ताको अन्तरमा युएईलाई तीनै खेलमा हराएको हो । यसअघि चार देश सम्मिलित टि२० आई सिरिजमा युएईले आयरल्यान्डलाई १३ रन र विश्वकप छनोटमा १८ रनले हराएको थियो ।

युएईले सेमिफाइनलमा नेपाललाई ६८ रनले हराउँदै अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपमा स्थान बनाएको थियो । आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ र क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा ओमानलाई ९ विकेटले हराउँदै अन्त्य गरेको हो ।

अव नेपालले अर्को महिना युएईको घरेलु मैदानमै प्रतिस्पर्धा गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुपा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज मार्च तेस्रो सातादेखि सुरु हुनेछ । नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ मा खेल्दै सुरुवात गर्नेछ ।

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबाद माथि ७ विकेटको जित हासिल गरेको हो । हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रनको अविजित […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.