default_image

2 years ago

February 28, 2022

राष्ट्रिय क्रिकेट टोली : को फर्के, को बाहिरिए?

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मार्च तेस्रो साता युएईमा हुने आइसिसी विश्वकप लिग–२ को लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ ।

नेपालले केहि दिनको प्रशिक्षणपछि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले झण्डै दुई हप्ता श्रीलंकामा अभ्यास गरेर युएई जाने तयारी गरेको छ । यसै साता ओमानमा सम्पन्न आइसिसी टि२० विश्वकप छनोट ए बाट नेपालले टोलीमा व्यापक परिवर्तन गरेको छ । विश्वकप छनोटमा रहेका ७ खेलाडी बाहिर रहँदा १० खेलाडीले टोलीमा पुनरागमन गरेका छन् ।

२०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।  नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै विश्वकप लिग २ को सुरुवात गर्नेछ । युएई भ्रमणको लागि बन्द प्रशिक्षणमा फर्किएका र टोलीबाट बाहिरिएका खेलाडी यस प्रकार छन् ।

फर्किएका खेलाडी :

सोमपाल कामी

तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । सोमपाल चोटका कारण टि२० विश्वकप छनोटमा टोलीमा थिएनन् । सोमपाल टोलीमा फर्किदा नेपालको तीव्र गतिसँगै तल्लोक्रम ब्याटिङ मजबुत हुने गर्दछ । सोमपाल नेपालको पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।

विनोद भण्डारी

अनुभवी विकेटकिपर विनोद भण्डारी टोलीमा फर्किएका छन् । त्रिभुवन आर्मी क्लबका विकेटकिपर भण्डारी विश्वकप छनोट टोलीमा थिएनन् । तर नेपालले उनलाई ओडिआई सिरिजको लागि टोलीमा बोलाएको छ । विनोद मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् ।

अनिल कुमार शाह


युवा विकेटकिपर अनिल शाह पनि टोलीमा फर्किएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने अनिल पछिल्लो समय लयमा छन् । अनिल ओपनिङ र मध्यक्रम दुबैमा ब्याटिङ गर्ने गर्दछन् । अनिलले अक्टोबरमा विराटनगर वारियर्सबाट काठमाडौं किंग्स इलेभेनविरुद्ध १६ बलमा २ चौका र ५ छक्कासहित ४५ रनको अविजित इनिङ खेलेका थिए । नेपाली विकेटकिपरको भविष्य मानिएपनि २०१८ यता टोलीमा थिएनन् ।

रोहित कुमार पौडेल

युवा ब्याटर रोहित कुमार पौडेल पनि टोलीमा फर्किएका छन् । रोहितले गत असोजमा ओमानमा भएको आइसिसी विश्वकप लिग–२ मा रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोहितले उक्त भ्रमणमा ६ खेलमा २ अर्धशतक सहित २ सय १७ रन बनाएका थिए । रोहितको आगमनले नेपालको मध्यक्रम मजबुत बन्नेछ ।

विक्रम सोब


तीव्र गतिका बलर विक्रम सोब पनि टोलीमा फर्किएका छन् । सोबले गत असोजमा पपुवा न्युगिनीविरुद्ध नेपाली टोलीमा डेब्यू गरेका थिए । तर प्रदर्शन भने राम्रो हुन सकेको थिएन ।

भीम सार्की

युवा ब्याटर भीम सार्की टोलीमा फर्किएका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने भीम पछिल्लो समय राम्रो लयमा छन् । भीम टि२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेपनि चोटका कारण बाहिरिएका थिए । भीम गत असोजमा एभरेष्ट प्रिमियर लिग(इपिएल) का उत्कृष्ट ब्याटर हुन् । भीम मध्यक्रममा ब्याटिङसँगै स्पिन पार्टटाइम र उत्कृष्ट फिल्डिङका लागि चिनिन्छन् ।

पवन सर्राफ

युवा स्पिन अलराउन्डर पवन सरार्फ पनि टोलीमा फर्किएका छन् । पुलिसबाट घरेलु क्रिकेट खेल्ने सरार्फ मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् । स्पिनको पार्टटाइमको राम्रो विकल्प हुन् ।

सुशान भारी

स्पिनर सुशान भारी पनि टोलीमा फर्किएका छन् । आर्मीबाट घरेलु क्रिकेट खेल्ने भारीलाई टि२० विश्वकप छनोटमा नेपालले टोली बाहिर राखेको थियो । स्पिनर साहब आलमलाई टोली बाहिर राख्दा उनलाई बोलाएको छ ।

करण केसी

तीव्र गतिका बलर करण केसी पनि टोलीमा फर्किएका छन् । करण ओमान भ्रमणमा रहेपनि ब्याक इन्जुरीको कारण उनी चार देश सम्मिलित टि२० आई सिरिजमा पुरै बेन्चमा बसेर फर्किएका थिए । करणको स्थानमा नेपालले गुलशन झालाई ओमान पठाएको थियो । करण तीव्र गतिसँगै तल्लोक्रममा ठूला सटको क्षमता राख्ने गर्दछन् ।

राजु रिजाल

विकेटकिपर राजु रिजाल पनि टोलीमा फर्किएका छन् । २०१६ मा नेपाललाई कप्तानको रुपमा यू-१९ विश्वकप खेलाएका राजुले त्रिभुवन आर्मी क्लब छाड्दै प्रधानमन्त्री कप टि२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिमबाट खेलेका थिए । प्रधानमन्त्री टि२० कपमा एकमात्र खेल खेल्दै प्रदेश १ विरुद्ध ६८ रनको इनिङ खेलेका थिए । राजु २०१६ मा नेदरल्यान्ड्स भ्रमणपछि नेपाली टोलीमा छैनन् । २०१९ मा घरेलु मैदान टियुमा मेरीलेबोन क्रिकेट क्लबविरुद्ध प्रथम श्रेणीमा डेब्यू गरेका थिए । आर्मीको छायाँमा पर्दा राजुले ब्याटिङको अवसर नपाउँदा सिनियर टोलीमा पर्न सकेका थिएनन् ।

टोलीबाट बाहिरिएका ७ खेलाडी

कुशल मल्ल

युवा अलराउन्डर कुशल मल्ल टोलीमा छैनन् । कुशल पछिल्लो समय खराब लयबाट गुज्रिएका छन् । ओमान भ्रमणमा पनि कुशलले पाएको अवसरमा रन बनाउन सकेका थिएनन् । ३ खेलमा २१ रन मात्र बनाएका थिए । आक्रामक ब्याटिङको लागि चिनिएपछि पछिल्लो समय खराब लयबाट संघर्ष गर्दै आएका छन् ।

लोकेश बम

युवा हिटर लोकेश बमले युएईविरुद्ध डेब्यू गर्दै ३३ रन बनाएका थिए । त्यसपछि भने लोकेशले राम्रो प्रदर्शन गर्न सकेनन् । घरेलु क्रिकेटमा नेपाल एपिएफ क्लबबाट खेल्दै विष्फोटक ब्याटरको रुपमा टोलीमा परेका थिए । लोकेश बमले ५ इनिङमा ६१ रन मात्र बनाएका थिए ।

जितेन्द्र मुखिया


तीव्र गतिका बलर जितेन्द्र मुखिया पनि टोलीमा छैनन् । मुखिया योर्करका लागि चिनिन्छन् । मुखियाले टि२० विश्वकप छनोटमा ६ खेलमा १६ ओभर बलिङ गर्दै १ सय १२ रन खर्चेर ६ विकेट लिएका थिए ।

साहब आलम

बायाँ हाते युवा स्पिनर साहब आलम पनि टोलीबाट बाहिरिएका छन् । साहबले चार देश सम्मिलित टि२० आई सिरिजमा युएईविरुद्ध २ ओभरमा ३५ रन खर्चेका थिए । त्यसपछि भने उनले टोलीमा मौका पाएका थिएनन् ।

शरद भेषावकर

अनुभवी ब्याटर शरद भेषावकर पनि टोलीमा छैनन् । शरदले चार देश सम्मिलित टि२० आई सिरिजमा ३ खेलमा १५ रन बनाएका थिए । विश्वकप छनोटमा भने शरदले खुट्टामा चोटका कारण गुमाएका थिए । शरदले सिरिज गुमाएपछि वैकल्पिक खेलाडी कुशल मल्लले उनको स्थान लिएका थिए ।

प्रदीप ऐरी

घरेलु क्रिकेटमा नेपाल एपिएफ क्लबबाट राम्रो प्रदर्शन गरेपछि प्रदीप ऐरी ओमान भ्रमणमा पुगेका थिए । ओपनर कुशल भुर्तेल चोटका कारण उपलब्ध नहुँदा सिरिजको पहिलो खेल ओमानसँग १४ बलमा ४ रन बनाएका थिए । त्यसपछि भने उनले मौका पाएनन् । विश्वकप छनोटमा उनी वैकल्पिक खेलाडीको सूचिमा थिए ।

अभिनाश बोहरा


तीव्र गतिका बलर अभिनाश बोहरा पनि टोलीमा छैनन् । अभिनाशले ओमान भ्रमणमा कमजोर प्रदर्शन गरेका थिए । डेथ ओभरका लागि चिनिने अभिनाशले ओमान भ्रमणमा ७ खेलमा २४ ओभर बलिङ गर्दै १ सय ५३ रन खर्चेर १३ विकेट लिएका थिए । सेमिफाइनलमा अभिनाशले युएईविरुद्ध ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

अंक तालिका

ओमान २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.