default_image

2 years ago

February 27, 2022

भारतविरुद्ध कप्तान शनाकाको करिअरको उत्कृष्ट प्रदर्शन

133 views

0 Bookmark

एजेन्सी – कप्तान दसुन शनाकाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

शनकाले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रनको अविजित इनिङ खेले । चामिका करुणारत्नेले १९ बलमा १२ रन जोडे । छैटौं विकेटका लागि शनाका र करुणारत्नेले ४७ बलमा ८६ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए । श्रीलंकाले निकै खराब सुरुवात गरेको थियो ।शनाकाको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो । यसअघि शनाकाको टि२० आईमा उच्च प्रदर्शन ५४ रन थियो ।

श्रीलंकाले अन्तिम ५ ओभरमा ६८ रन जोडेको थियो । ओपनर पाथुम निसंका १, धनुष्का गुनाथिलका शून्य, चारिथ असंलका ४, जनिथ लियानागे ९ र दीनेश चान्डिमल २५ रनमा आउट भए ।

भारतका आवेश खानले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद सिराज, हर्षल पटेल र रवि विश्रोईले १–१ विकेट लिए । तीन टि२० आई सिरिज भारतले एक खेल अगावै जिति सकेको छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.