default_image

2 years ago

February 28, 2022

लाहोरलाई पिएसएलको उपाधि, रिजवान सर्वोत्कृष्ट खेलाडी

61 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२२ को उपाधि लाहोर कलन्दर्सले जितेको छ । लाहोर कलन्दर्सले फाइनलमा मुल्तान सुल्तान्सलाई ४२ रनले हराउँदै पहिलो पटक पिएसएलको उपाधि जितेको हो ।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको सुल्तान्स १९.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । मध्यक्रमका खुसदिल शाहले २३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए । टिम डेविड २७, राइली रोसोउ १५ र कप्तान मोहम्मद रिजवान १४ रनमा आउट भए ।
कप्तान शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद हफिज र जमान खानले २–२ विकेट लिए । हरिस रौफ र डविड विसेले १–१ विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली लाहोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । मोहम्मद हफिजले ४६ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । ह्यारी ब्रुक्क २२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे । डेविड विसे ८ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा अविजित रहे । सुल्तान्सका आसिफ अफ्रिदीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

पाकिस्तानका ओपनर तथा विकेटकिपर रिजवानले तीन ब्यक्तिगत अवार्ड जित्न सफल भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रिजवानले १२ खेलमा ७ अर्धशतक सहित ५ सय ४६ रन बनाउँदै प्लेयर अफ द टुनामेन्ट, उत्कृष्ट विकेटकिपर र स्प्रिट अफ क्रिकेट अवार्ड जिते ।

लाहोरका ओपनर फखार जमान प्रतियोगिता सर्वोत्कृष्ट ब्याटर चुनिए । उनले १२ खेलमा १ शतक र ७ अर्धशतक सहित ५ सय ८८ रन बनाएका थिए । सुल्तान्सका खुसदिल शाहले उत्कृष्ट अलराउन्डर र फिल्डरको अवार्ड जिते । ईस्लामबाद युनाइटेडका स्पिनर सादब खान १९ विकेटका साथ उत्कृष्ट बलर चुनिए । १८ विकेट लिएका जमान खान इमर्जिङ प्लेयर चुनिए ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.