default_image

2 years ago

February 28, 2022

भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

104 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो । उसका लागि ओपनर पासाङ तामाङ१८, आर्य तामाङ १९, फुर्पा तामाङ १२, करण तामाङ ८, पेम्बा तामाङ१६, लालमान तामाङ १० र विक्रम तामाङ ९ रन बनाए । इन्द्रावतिका कमल प्रसाद लम्सालले २.१ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । सुगम लम्सालले २, विनोद तामाङ, कमल लम्साल, निरोज लम्साल र अमृत लम्सालले १-१ विकेट लिए ।

१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १९.५ ओभरमा ९० रनमा अल आउट भयो । इन्द्रावतीका ओपनर अमृत लम्सालले ४८ बलमा सर्वाधिक ३० रन बनाए । अन्यले राम्रो गर्न सकेनन् । भोताङका अभिनाश तामाङ, करण तामाङ र विक्रम तामाङले ३-३ विकेट लिए ।
अर्को खेलमा पाँच पोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले हरायो ।

मुलपानीमा टस जितेर पहिला ब्याटिङ थालेको इन्द्रावती १६ ओभरमा ७५ रनमा अल आउट भयो । इन्द्रावतीका विवेक चौहानले सर्वाधिक २२ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पाँचपोखरीका सार्थक धितालले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । अर्यान धितालले २, निशान्त धिताल र अजय धितालले १-१ विकेट लिए ।

७६ रनको लक्ष्य पाँचपोखरीले १३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सार्थक धिताल १२ बलमा २ चौकासहित १५ रनमा आउट भए । विक्की श्रेष्ठले ३४ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । सार्थक धिताल खेलको प्लेयर अफ द म्याच चुनिए ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.