default_image

2 years ago

February 28, 2022

उपाधि जित्न एपिएफलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय १४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्दै क्याच आउट भइन् । डली भट्ट २५ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा रन आउट भइन् ।

पहिलो विकेटको लागि ओपनर रवती धामी र विन्दु रावलले ११ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । धामी ३१ बलमा १० रन बनाउँदै करुणा भण्डारीबाट रन आउट भइन् । मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा विन्दु एज लागेर राजमती ऐरीबाट क्याच हुन पुगिन् ।

तेस्रो विकेटका लागि डली भट्ट र कविता कुँवरले ५२ रनको साझेदारी गरेका थिए । कविता कुँवर २५ बलमा २४ रनमा अविजित रहिन् । एपिएफकी सुष्मा श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । अन्य बलरले विकेट लिन सकेनन् ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.