default_image

2 years ago

February 28, 2022

ज्योतिलाई सर्वोत्कृष्ट खेलाडीसहित तीन अवार्ड

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी विकेटकिपर तथा ओपनर ज्योति पाण्डे ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् ।

एपिएफलाई अपराजित रहँदै उपाधि जिताउन उत्कृष्ट ब्याटिङ गरेकी ज्योतिले सर्वोत्कृष्ट खेलाडीसँगै तीन ब्यक्तिगत अवार्ड जित्न सफल भइन् । ज्योति सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिता उत्कृष्ट ब्याटर र प्लेयर अफ द फाइनल पनि चुनिएकी छिन् । ज्योतिले सर्वोत्कृष्ट खेलाडी वापत २५ हजार, उत्कृष्ट ब्याटर वापत १५ हजार र प्लेयर अफ द म्याचबाट ३ हजार प्राप्त गरिन् ।

ज्योतिले प्रतियोगितामा ५ खेलमा १ अर्धशतक सहित कुल १ सय ५५ रन बनाएकी थिइन् । जसमा २५ चौका सामेल थियो । ज्योतिले फाइनलमा सुदूरपश्चिमविरुद्ध ४३, लुम्बिनीविरुद्ध २२, ललितपुर मेयर्स ११ विरुद्ध ५४ रनको अविजित अर्धशतकीय इनिङ खेलेकी थिइन् । प्रदेश १ विरुद्ध २३ रन र सुदूरपश्चिमविरुद्ध ११ रनमा आउट भएकी थिइन् । जारी प्रतियोतियोगितामा अर्धशतक बनाउने ज्योति एक्लो ब्याटर हुन् ।

सुदूरपश्चिम प्रदेशलाई फाइनल सम्म पुर्याउन तीव्र गतिकी बलर ईश्वरी विष्ट प्रतियोगिता उत्कृष्ट बलर चुनिइन् । ईश्वरी विष्टले ५ खेलमा ७ विकेट लिएकी थिइन् । ईश्वरीले ललितपुरविरुद्ध १, एपिएफविरुद्ध २ र प्रदेश १ विरुद्ध ४ विकेट लिएकी थिइन् । ईश्वरीले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

एपिएफले सोमबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । १ सय १४ रनको विजयी लक्ष्य एपिएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४४ बलमा ५ चौकासहित सर्वाधिक ४३ रन बनाइन् । इन्दु बर्मा २४ बलमा २ चौका र १ छक्कासहित २९ रनमा अविजित रहिन् । रोमा थापा ५ रनमा अविजित रहिन् । सुदूरकी लक्ष्मी साउँद र सम्झना खड्काले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोड्दै क्याच आउट भइन् । डली भट्ट २५ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा रन आउट भइन् ।

कविता कुँवर २५ बलमा २४ रनमा अविजित रहिन् । एपिएफकी सुष्मा श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । अन्य बलरले विकेट लिन सकेनन् ।

एपिएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । विजेता एपिएफले दुई लाख र उप विजेता सुदूरपश्चिमले एक लाख पाउनेछन् । गतवर्ष एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.