default_image

2 years ago

February 28, 2022

चौतारा साँगाचोकगढी र सानु सिरुवारी विजयी

95 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाँच पोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता दोस्रो दिन चौतारा साँगाचोकगढी नगरपालिका र सानु सिरुवारीले विजयी सुरुवात गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा सिरुवारीले इन्द्रावती गाउँपालिकालाई ११ रनले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको सिरुवारी १५.१ ओभरमा ७८ रनमा अल आउट भएको थियो । सिरुवारीको लागि रिन्जिन लामाले २७ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाए । उमंग धितालले ९, मनोज देउजा ११ र रोशन श्रेष्ठ ९ रनमा आउट भए । इन्द्रावतीका सबिन कार्कीले ३.१ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । राजेश र कपिल चौलागाईंले २-२ विकेट लिए ।

७९ रनको लक्ष्य पछ्याएको इन्द्रावती १८.३ ओभरमा ६७ रनमा अल आउट भयो । इन्द्रावतीका प्रकाश सापकोटाले ४३ बलमा सर्वाधिक १२ रन बनाए । प्रदीप सापकोटा ८, अरुण चौलागाईं ७ र विवेक सापकोटा ५ रनमा आउट भए । सिरुवारीका सुशान चौलागाईंले ३, रोशन श्रेष्ठ र सुदीप दुलालले २-२ विकेट लिए ।

अर्को खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले इन्द्रावती गाउँपालिकालाई ७४ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकगढीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । ओपनर नवराज थापाले ६७ बलमा ११ चौका र १ छक्कासहित १ सय २ रनको शतकीय इनिङ खेले । इन्द्रावतीका कमल प्रसाद लम्सालले २ विकेट लिए ।

१ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १६.५ ओभरमा ९२ रनमा अल आउट भयो । उसका लागि विनोद तामाङ २३ र अमृत लम्सालले १२ रन बनाए । मिलन थापाले सर्वाधिक ३ विकेट लिए । नवराज थापा, निर्मल थापा र विनोद गौतमले २-२ विकेट लिए ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.