default_image

2 years ago

March 3, 2022

नेपालले श्रीलंकामा चार खेल खेल्ने

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले युएई जानुअघि श्रीलंका स्थानिय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने सम्भावना छ । नेपाल शनिबार श्रीलंका जानेछ । श्रीलंकामा एक हप्ताको बसाईपछि मार्च १३ मा युएई पुग्नेछ ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले उक्त अभ्यास खेल खेल्ने वातावरण मिलाएको बुझिएको छ । नेपाली टोली युएई भ्रमणको लागि २० सदस्य खेलाडी बन्द प्रशिक्षणमा छन् । युएई भ्रमणमा १६ सदस्य खेलाडी जानेछन् । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।

त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

अंक तालिका

ओमान २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

यो पनि : सन्दीपनै ओडिआईको कप्तान

राष्ट्रिय क्रिकेट टोली : को फर्के, को बाहिरिए?

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.