default_image

2 years ago

March 5, 2022

जडेजा सामू निरिह श्रीलंका बलर

52 views

0 Bookmark

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाले श्रीलंका बलरलाई निरिह बनाउँदा भारतले पहिलो टेस्ट खेलको पहिलो इनिङमा विशाल योगफल बनाएको छ । घरेलु मैदान मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन पहिलो इनिङमा १२९.२ ओभरमा ५७४–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो ।

भारतका रविन्द्र जडेजा २ सय २८ बलमा १७ चौका र ३ छक्कासहित १ सय ७५ रनमा अविजित रहे । जडेजाको टेस्ट करिअरको दोस्रो शतक हो । भारतबाट सातौं नम्बरमा जडेजा सर्वाधिक रन बनाउने ब्याटर बनाउने कीर्तिमान बनाएका छन् । यसअघि सातौं नम्बरमा कपिल देवले सन् १९८६ मा कानपुरमा श्रीलंकाविरुद्ध १ सय ६५ रनको इनिङ खेलेका थिए । जडेजाको यो अन्तर्राष्ट्रिय कुनै पनि शैलीको सर्वोत्कृष्ट प्रदर्शन हो ।


जडेजाले छैटौं विकेटका लागि विकेटकिपर ऋषभ पन्तसँग १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । पहिलो दिन अन्तिम समयमा पन्त ९७ बलमा ९ चौका र ४ छक्कासहित आक्रामक ९६ रन जोड्दै बोल्ड आउट भए । पन्त आउट हुँदा भारत ३३२–६ को अवस्थामा थियो । सातौं विकेटका लागि रविचन्द्रन आश्विन र जडेजाले १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए । आश्विन ८२ बलमा ८ चौकासहित ६१ रनमा आउट भए । दशौं विकेटका लागि जडेजाले मोहम्मद शामीसँग १ सय ३ रनको अविजित शतकीय साझेदारी गरे । शामी २० रनमा अविजित रहे ।

ओपनर मयंक अग्रवाल ३३ र कप्तान रोहित शर्मा २९ रनमा आउट भएका थिए । आफ्नो टेस्ट करिअरको एक सय खेल खेलेका विराट कोहली ७६ बलमा ५ चौकासहित ४५ रनमा बोल्ड आउट भए । विराटलाई स्पिनर लासिथ एम्बुल्डेनियाले बोल्ड गर्दै पेभेलेन फर्काए । तेस्रो विकेटका लागि कोहलीले हनुमा विहारीसँग १ सय ५५ बलमा ९० रनको साझेदरी गरे । विहारी विश्व फर्नान्डोको बलमा ५८ रनमा बोल्ड भए । उनले १ सय २८ बलमा ५ चौका प्रहार गरे ।

पन्त आफ्नो टेस्ट करिअरको पाँचौं शतक प्रहार गर्न मात्र चार रनले चुके । उनलाई तीव्र गतिका बलर सुरंगा लकमलले दिनको अन्तिम समय तिर ८१ औं ओभरको पाँचौं बलमा बोल्ड गर्दै पेभेलिएन फर्काए । ४८ बल खेलेका श्रेयस ऐर ३ चौकासहित २७ रनमा धनन्जय डि सिल्भाको बलमा एलबीडब्लू धरापमा परे ।

सुरंगा लकमल, विश्व फर्नान्डो र लासिथ एम्बुल्डेनियाले २–२ विकेट लिए । पहिलो इनिङमा श्रीलंका दोस्रो दिनको खेल सकिँदा ४३ ओभरमा १०८–४ को अवस्थामा छ । श्रीलंका ४ सय ६६ रनले पछिछ । श्रीलंका पाथुम निसंका ७५ बलमा ४ चौकासहित सहित २६ रनमा अविजित छन् । उनलाई तेस्रो दिन चारिथ असलंकाले एक रनमा साथ दिनेछन् ।

कप्तान तथा ओपनर दिमुथ करुणारत्ने ७१ बलमा ५ चौकासहित २८ रनमा आउट भए । प्रमुख ब्याटर करुणारत्ने आउट भएपछि श्रीलंकालाई फलोेअनमा परेको थियो । लाहिरु थिरिमाने १७, एन्जिलो म्याथ्युज २२ र धनन्जय डि सिल्भा १ रनमा आउट भए । भारतका रविचन्द्रन आश्विनले २, रविन्द्र जडेजा र जस्प्रित बुमराहले १–१ विकेट लिए ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.