default_image

2 years ago

March 5, 2022

इक्युवालिटी कप : झापा र मोरङको विजयी सुरुवात

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इक्युवालिटी कप महिला क्रिकेट २०२२ प्रतियोगितामा मोरङ र झापाले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा मोरङले मदेश प्रदेशको सप्तरीलाई १ सय ५१ रनको विशाल अन्तरले पराजित गर्दै विजयी सुरुवात गर्यो ।

टस जितेर ब्याटिङ रोजेको मारेङले २० ओभरमा १ सय ९४ रन बनाएको थियो । मोरङकी सृजना राजवंशीले ६२ रनमा अविजित रहिन् । सानु राजवंशीले ४५ रनमा आउट हुँदा टिका साहले ४३ रनमा अविजित रहिन् । सप्तरीकी सृजना चौधरीले १ विकेट लिइन् ।

१ सय ९५ रनको विशाल विजयी लक्ष्य पछ्याएको सप्तरीले १४.१ ओभरमा ४३ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा बनाउन सकेनन् । मोरङका कप्तान अन्सु जैसवालले सर्वाधिक ५ विकेट लिइन् । उनले ३ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिइन् ।

दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडिले भरिएको झापाले सुनसरीलाई ९१ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको ३ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । झापाको लागि नेपाली टोलीकी ओपनर तथा विकेटकिपर समेत रहेकी काजोल श्रेष्ठले ३५ रन बनाउँदा लक्कीता राजवंशी ११ रनमा अविजित रहिन् । सुनसरीकी नुमा लिम्बुले २ विकेट लिइन् ।

१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले १८.२ ओभरमा ४९ रनम अल आउट भयो । सुनसरीका एन्जल दोर्जे र सपना साहले ११–११ रन बनाइन् । झापाकी अप्सरी वेगमले ३ विकेट लिइन् । आइतबार पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङबीच हुने छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर यस प्रतियोगिता सुरु भएको हो ।

फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ, सुनसरी र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सहभागिता छ । लिगको आधारमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.