default_image

2 years ago

March 6, 2022

विश्वकप लिग–२ : घरेलु टोली युएई ओमानसँग पराजित

160 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर बिलाल खानको घातक बलिङको सहयोगमा ओमानले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईलाई १२ रनले पराजित गरेको छ ।

आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । ओमानका शोएब खानले ८९ बलमा ३ चौकासहित सर्वाधिक ६१ रन बनाए । अयान खान ३९, कप्तान जिशान मकसुद ३५, सन्दीप गौड २२ र जतिन्दर सिंह १९ रनमा आउट भए । युएईका जहुर खानले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले २, बासिल हामिद र जुनैद सिद्दिकले १–१ विकेट लिए ।

२ सय २६ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८.५ ओभरमा २ सय १३ रनमा अल आउट भयो । उच्च लयमा रहेका युवा विकेटकिपर वृत्य अरविन्द ६५ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए । बासिल हामिद ३२, रोहन मुस्तफा २५, आसिफ खान २२, सिपी रिजवान २१, चिराग सुरी १२ र अहमद राजा ३१ रनमा आउट भए ।

ओमानका बिलाल खानले ९.५ ओभरमा १ मेडन राखेर ३१ रन खर्चिदै ५ विकेट लिए । कलिमुल्लाहले २, मोहम्मद नदिम, खवर अली र अयान खान १–१ विकेट लिए ।

युएई, ओमान र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । यस सिरिज पछि विश्वकप लिग २ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपालले मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । ७ देशबीच २०२३ सम्म चल्ने यस प्रतियोगितामा शीर्ष तीन टोलीले सिधैं एकदिवसिय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् ।

अंक तालिका

ओमान २४ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३२ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

युएई ११ खेलमा ५ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.