default_image

2 years ago

March 6, 2022

जडेजाको सानदार अलराउन्ड प्रदर्शनमा भारतको फराकिलो जित

62 views

0 Bookmark

एजेन्सी – अलराउन्डर रविन्द्र जडेजाको उत्कृष्ट अविजित शतक र ९ विकेटको सहयोगमा घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टेस्ट खेलमा २ सय २२ रनको फराकिलो इनिङ अन्तरले विजयी भएको छ ।

यो जितसँगै भारतले दुई टेस्टको खेलको सिरिजमा १–० को अग्रता लिएको छ । फलोअनमा परेको श्रीलंका १ सय ७८ रनमा अल आउट हुँदै फराकिलो इनिङ अन्तरको हार बेहोर्यो । श्रीलंका विकेटकिपर निरोशन डिक्वेला ८१ बलमा ९ चौकासहित सर्वाधिक ५१ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटर चल्न सकेनन् ।

कप्तान दिमुथ करुणारत्ने २७, एन्जिलो म्याथ्युज २८, धनन्जय डि सिल्भा ३० र चारिथ असलंका २० रनमा आउट भए । भारतका रविन्द्र जडेजा र रविन्द्रन आश्विनले ४–४ विकेट लिए । मोहम्मद शामीले २ विकेट लिए । पहिलो इनिङमा श्रीलंका ६५ ओभरमा १ सय ७४ रनमा अल आउट भयो । पहिलो इनिङमा ४ सय रनले पछि पर्दै श्रीलंका फलोअनमा परेको थियो । तेस्रो नम्बरका ब्याटर पाथुम निसंका १ सय ३३ बलमा ११ चौकासहित ६५ रनमा अविजित रहे ।

अन्य कुनैपनि ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । ओपनर तथा दिमुथ करुणारत्ने ७१ बलमा ५ चौकासहित २८ रनमा आउट भए । लाहिरु थिरिमाने १७, एन्जिलो म्याथ्युज २२ र चारिथ असलंका २९ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका स्पिनर रविन्द्र जडेजाले १३ ओभरमा ४ मेडनसहित ४१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । जस्प्रित बुमराह र रविन्द्रन आश्विनले २–२ विकेट लिए ।

त्यसअघि घरेलु मैदान मोहालीमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन पहिलो इनिङमा १२९.२ ओभरमा ५७४–८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका रविन्द्र जडेजा २ सय २८ बलमा १७ चौका र ३ छक्कासहित १ सय ७५ रनमा अविजित रहे । जडेजाको टेस्ट करिअरको दोस्रो शतक हो ।

यसअघि सातौं नम्बरमा कपिल देवले सन् १९८६ मा कानपुरमा श्रीलंकाविरुद्ध १ सय ६५ रनको इनिङको कीर्तिमान तोडेका थिए । पहिलो दिन अन्तिम समयमा पन्त ९७ बलमा ९ चौका र ४ छक्कासहित आक्रामक ९६ रन जोड्दै बोल्ड आउट भए । पन्त आउट हुँदा भारत ३३२–६ को अवस्थामा थियो । सातौं विकेटका लागि रविचन्द्रन आश्विन र जडेजाले १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए । आश्विन ८२ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।

दशौं विकेटका लागि जडेजाले मोहम्मद शामीसँग १ सय ३ रनको अविजित शतकीय साझेदारी गरे । शामी २० रनमा अविजित रहे । ओपनर मयंक अग्रवाल ३३ र कप्तान रोहित शर्मा २९ रनमा आउट भएका थिए । विराट कोहली ७६ बलमा ५ चौकासहित ४५ रनमा बोल्ड आउट भए । हनुमा विहारी १ सय २८ बलमा ५ चौका सहित ५८ रनमा आउट भए ।

श्रीलंका सुरंगा लकमल, विश्व फर्नान्डो र लासिथ एम्बुल्डेनियाले २–२ विकेट लिए । दोस्रो तथा अन्तिम टेस्ट खेल १२ मार्चदेखि बेंगलोरमा सुरुहुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.