default_image

2 years ago

March 6, 2022

आइपिएल उद्धघाटनमा चेन्नई र कोलकता भिड्ने

125 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्धघाटन खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

१५ औं संस्करणको आइपिएल आगमी मार्च २६ देखि मे २९ सम्म चल्ने छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाताबीच मार्च २६ मा वानखडे स्टेडियम मुम्बईमा खेल सुरु हुनेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो ३ : ४७ र साँझ ७ : ४५ मा हुनेछन् । २७ मार्चमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच दिउँसो प्रतिस्पर्धा हुनेछ । सोहि दिन साँझ पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई नयाँ टोली गुजराज टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच मार्च २८ मा खेल हुनेछ । हैदराबादले मार्च २९ मा राजस्थान रोयल्ससँग खेल्दै सुरुवात गर्नेछ । आइपिएलमा यस सिजनदेखि १० टोलीलाई दुई समूहमा राखेर प्रतिस्पर्धा हुनेछ । आइपिएलमा लिगका ७० र प्ले अफका ४ गरि कुल ७४ खेल ६५ दिनमा सम्पन्न हुनेछन् । लिगको अन्तिम खेल मे २२ मा हैदराबाद र पन्जाबीच हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । क्वालिफायर, एलिमिनेटर र दोस्रो क्वालिफायरको मिति र खेल हुने स्थान भने तोकिएको छैन ।

फाइनल २९ मेमा हुनेछ । लिगमा कुल १२ दिन दिनमा दुई खेल हुनेछन् । अन्य सबै दिन खेलमा एक एक खेल हुनेछन् । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट छन् । समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स छन् ।

आफ्नो समूहमा रहेका सबै टोलीले एक टोलीसँग दुई दुई खेल खेल्नेछन् । अर्को समूहको टोलीसँग एक एक खेल खेल्ने छन् । एक टोलीसँग दुई खेल खेल्नुपर्ने हुन्छ । सबै टोलीले कुल १४ खेल खेल्नेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.