default_image

2 years ago

March 6, 2022

नेपालमा हुने ओडिआई र त्रिकोणात्मक टि२० सिरिजको मिति सार्वजनिक

164 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अर्को महिना घरेलु मैदान टियुमा खेल्ने पपुवा न्युगिनीसँगको ओडिआई र त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको मिति सार्वजनिक गरेको हो ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ । क्यानले त्रिकोणात्मक टि२० आई सिरिजको भने खेल तालिका सार्वजनिक गरेको छैन ।

नेपाली क्रिकेट टोली दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि शनिबार श्रीलंका गएको छ । श्रीलंकामा चार अभ्यास खेलपछि नेपाल १४ मार्चमा युएई पुग्नेछ । १६ मार्च देखि २२ सम्म त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । त्यसपछि नेपाल स्वदेश फर्किने छ । पपुवा न्युगिनीपनि युएईबाट सिधैं नेपाल आउनेछ ।

क्यानले घरेलु मैदानमा गर्ने यो दोस्रो टि२० आई त्रिकोणात्मक सिरिज हो । यसअघि गतवर्ष वैशाखमा क्यानले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो । उक्त सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो । उक्त सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल बनाएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.