default_image

2 years ago

March 6, 2022

गेरहार्डको शतकमा ओमानमाथि नामिबियाको सानदार जित

233 views

0 Bookmark

एजेन्सी – कप्तान गेरहार्ड इरास्मसको उत्कृष्ट कप्तानी शतकीय अविजित इनिङको सहयोगमा नामिबियाले आइसिसी विश्वकप लिग–२ मा ओमानलाई १ सय १० रनको फराकिलो जित हात पारेको हो ।

आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.५ ओभरमा २ सय २६ रनमा अल आउट भयो । कप्तान गेहरार्ड इरास्मसले १ सय २१ बलमा ९ चौका र ३ छक्कासहित १ सय २१ रनको अविजित शतकीय इनिङ खेले । ओडिआईमा उनको यो पहिलो शतक हो । नामिबियाबाट ओडिआईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

एक समय नामिबिया ३० ओभरमा १०३–८ को दयनिय अवस्थामा पुगेको थियो । तर इरास्मस र बर्नार्ड शोल्ट्ज़ले नवौं विकेटका लागि १ सय २१ रनको उत्कृष्ट शतकीय विजयी साझेदारी गरे । ओडिआई इतिहासमा नवौं विकेटका लागि भएको यो तेस्रो ठूलो साझेदारी हो । नवौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी सन् २०१० मा श्रीलंकाका एन्जिलो म्याथ्युज र लासिथ मलिङ्गाले अष्ट्रेलियाविरुद्ध मेलबर्न क्रिकेट मैदानमा १ सय ३२ रनको गरेका थिए ।

नामिबियाबाट ओडिआईमा दोस्रो ठूलो साझेदारी हो । यसअघि इरास्मस र जेपि कोट्जेबीच तेस्रो विकेटका लागि २०१९ मा सर्वाधिक १ सय २४ रनको साझेदारी भएको थियो । बर्नार्ड ५२ बलमा १ चौकासहित ३० रनमा आउट भए । विकेटकिपर नान निकोल एटन २१ र स्टेफन ब्राड २४ रनमा आउट भए । ओमानका तीव्र गतिका बायाँ हाते बलर बिलाल खानले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ४ विकेट लिए । कलिमुल्लाहले २ नेस्टर धम्बा र खवर अलीले १–१ विकेट लिए ।

२ सय २७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ४२.१ ओभरमा १ सय १६ रनमा अल आउट भयो । ओमानका कप्तान खवर अलीले ९९ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाए । ओपनर कश्याप प्रजापति १२, शोएब खान ५, जतिन्दर सिंह शून्य, मोहम्मद नदिम १५ र सन्दीप गौड १७ रनमा आउट भए । नामिबियाका डेविड विजा, जेजे स्मिट, टांगेनी लुंगामेनी र जान फ्रिलिंकले २-२ विकेट लिए ।

नामिबिया, युएई र ओमानबीच त्रिकोणात्मक सिरिज जारीछ । पहिलो खेलमा ओमानले युएईलाई १२ रनले हराएको थियो । ओमानले बुधबार युएईसँग खेल्नेछ । नामिबियाले मंगलबार युएईसँग खेल्नेछ । यस सिरिजपछि विश्वकप लिग २ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुने छ ।

नेपालले मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । ७ देशबीच २०२३ सम्म चल्ने यस प्रतियोगितामा शीर्ष तीन टोलीले सिधैं एकदिवसिय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् ।

अंक तालिका

ओमान २५ खेलमा १५ मा जित र ८ मा हार सहित ३२ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।

नामिबिया १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युएई ११ खेलमा ५ मा जित र ४ मा हारसहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.