default_image

2 years ago

March 8, 2022

नेपालको टोलीमा ३ परिवर्तन

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेभीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङमा उत्रन लागेको हो ।

नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो खेल खेलेका आसिफ शेख, कमलसिंह ऐरी र करण केसीले दोस्रो खेलका लागि विश्राम पाएका छन् । पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो ।

युएईमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने कार्यक्रम छ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, सागर ढकाल, विक्रम सोब, रोहित कुमार पौडेल, पवन सर्राफ, भीम सार्की र विवेक यादव ।

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.