default_image

2 years ago

March 8, 2022

महिला विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

111 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । अष्ट्रेलियाले मंगलबार पाकिस्तानलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ९१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर एलिसा हेलीले ७९ बलमा ७ चौकासहित सर्वाधिक ७२ रनमा आउट भइन् । अर्की ओपनर राहेल हेन्स ३४ बलमा ७ चौकासहित ३४ रनमा आउट भइन् । कप्तान मेग लर्निङ ३५, एलिसा पेरी २६ र बेथ मुनीले २३ रन बनाए । पाकिस्तानकी ओमाइमा सोहेलले २ र नर्षा सन्धुले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । कप्तान विस्माह मारुफ १ सय २२ बलमा ८ चौकासहित ७८ रनमा अविजित रहिन् । आलिया रियाज १ सय ९ बलमा ४ चौकासहित ५३ रन जोडिन् । एक समय १२.५ ओभरमा ४४–४ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि मारुफ र रियाजले १ सय ८९ बलमा ९९ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलिया अलाना किंगले सर्वाधिक दुई विकेट लिइन् । मेगन स्कट, एलिसा पेरी, निकोल केरी र अमान्डा–जेड वेलिंग्टनले १–१ विकेट लिए ।
अष्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई १२ रनले हराएको थियो । अव आइतबार घरेलु टोली न्युजिल्यान्डसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग १ सय ७ रनले पराजित भएको थियो । शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

यो पनि पढ्नुहोस् : बच्चासहित विश्वकपमा कप्तानी

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.