default_image

2 years ago

March 8, 2022

दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ९७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । भीम सार्कीले ४२ बलमा १ छक्कासहित ३० रन बनाए । ओपनर कुशल भुर्तेल १२ बलमा ३ रनमा बोल्ड भए । अर्का ओपनर ज्ञानेन्द्र मल्ल ९ बल खेल्दै १ रनमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडल १८ बलमा ८ रन मात्र बनाउन सके । विनोद भण्डारी २ रनमा आउट हुँदा नेपाल ११.५ ओभरमा ३२–४ को कमजोर अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि दीपेन्द्र र पवन सरार्फले ४८ रनको साझेदारी गरेका थिए । पवन २९ बलमा १ चौकासहित २२ रनमा आउट भए ।

युवा ब्याटर विवेक यादवले ३२ बलमा २ चौका र १ छक्का सहित २६ रन जोडे । सन्दीप १५ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहँदा विक्रम सोब १ र सागर ढकाल ७ रनमा आउट भए ।

नेपाल पहिलो खेलमा सोमबार नेभीसँगनै ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । उक्त खेलमा दीपेन्द्रलेनै सर्वाधिक ४३ रन बनाएका थिए । पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा ब्याटिङमा झनै खराब प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ । पहिलो खेल खेलेका आसिफ शेख, कमलसिंह ऐरी र करण केसीले दोस्रो खेलका लागि विश्राम पाएका छन् । पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो ।

युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलोम्बो ११ सँग खेल्नेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.