default_image

2 years ago

March 8, 2022

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभीले १५ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर विक्रम सोबले पहिलो सफलता दिलाएका थिए । सन्दीपले दोस्रो सफलता दिलाएका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । तल्लोक्रमका ब्याटर भीम सार्कीले २८, पवन सरार्फले २२ र विवेक यादवले २६ रन बनाए । नेपालका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले ओपनर ज्ञानेन्द्र मल्ल १ र कुशल भुर्तेल ३ रनमा गुमाएको थियो । त्यसपछि युवा ब्याटर रोहित कुमार पौडेल ३ र विनोद भण्डारी २ रनमा आउट भए । त्यसपछि मध्यक्रम र तल्लोक्रमका ब्याटरले इनिङ उकासेका थिए । विक्रम सोब १ र सागर ढकाल ८ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १४ रनमा अविजित रहे ।

पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो । युएईमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित कोलोम्बो ११ सँग खेल्नेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.