default_image

2 years ago

March 8, 2022

नेपालको लगातार दोस्रो सानदार जित

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई ८२ रनले पराजित गरेको छ । श्रीलंका भ्रमणमा नेपालको यो लगातार दोस्रो जित हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । नेभीका लागि केशरा नुवान्थले ४९ बलमा ५ चौकासहित सर्वाधिक ३४ रन बनाए । नेपालका लागि स्पिनर पवन सरार्फले ५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । भीम सार्कीले ४२ बलमा १ छक्कासहित ३० रन बनाए । ओपनर कुशल भुर्तेल १२ बलमा ३ रनमा बोल्ड भए । अर्का ओपनर ज्ञानेन्द्र मल्ल ९ बल खेल्दै १ रनमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडल १८ बलमा ८ रन मात्र बनाउन सके । विनोद भण्डारी २ रनमा आउट हुँदा नेपाल ११.५ ओभरमा ३२–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि दीपेन्द्र र पवन सरार्फले ४८ रनको साझेदारी गरेका थिए । पवन २९ बलमा १ चौकासहित २२ रनमा आउट भए । युवा ब्याटर विवेक यादवले ३२ बलमा २ चौका र १ छक्का सहित २६ रन जोडे । सन्दीप १५ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहँदा विक्रम सोब १ र सागर ढकाल ७ रनमा आउट भए ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ । कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन् ।

मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

नेपाल र नेभीबीचको दोस्रो खेलको स्कोरकार्ड :

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.