default_image

2 years ago

March 8, 2022

चार शतकसँगै पाकिस्तान र अष्ट्रेलियाबीचको खेल ड्र

46 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध चार शतक प्रहार गरेपनि ब्याटिङ हाबी हुँदा खेल ड्र (नतिजा विहीन) हुँदै सकिएको छ ।

पाँचौं तथा अन्तिम दिन पाकिस्तानले ७७ ओभरमा २५२-० को अवस्थामा खेल सकिएको थियो । दोस्रो इनिङमा पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक र इमाम उल हकले शतक प्रहार गरे । शफिक २ सय ४२ बलमा १५ चौका र १ छक्कासहित १ सय ३६ रनमा अविजित रहे ।

शफिको टेस्ट करिअरको पहिलो शतक हो । इमाम उल हकले टेस्ट करिअरको लगातार दोस्रो शतक प्रहार गरे । उनले २ सय २३ बलमा ७ चौका र २ छक्कासहित १ सय ११ रनमा अविजित रहे । पहिलो इनिङमा पाकिस्तानबाट इमामले १ सय ५७ र अजहर अलीले १ सय ८५ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । दुई शतक प्रहार गरेका इमामनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

पाकिस्तानले विश्वस्तरिय बलर मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्स जस्ता तीव्र गतिका बलर सामू घरेलु मैदानमा चार शतक प्रहार गरेपनि ब्याटिङमा हाबी बनेको खेल ड्र मा सकिएको हो ।

अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ५९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा अष्ट्रेलिया १७ रनले पछि परेको थियो । पहिलो विकेटका लागि ओपनर उस्मान खवाजा र डेविड वार्नरले ४०.४ ओभरमा १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । वार्नर स्पिनर सजिद खानको बलमा ६८ रनमा बोल्ड आउट भए । वार्नरले १ सय १४ बलमा १२ चौका प्रहार गरे । अर्का ओपनर खवाजा जन्मथलोविरुद्ध शतक बनाउन मात्र तीन रनले चुकेका थिए ।

स्पिनर नौमान अलीको बलमा स्विप सट खेल्नेक्रममा गल्भ्समा लागेर इमाम उल हकबाट ९७ रनमा क्याच आउट भए । उनले १ सय ५९ बलमा १५ चौका प्रहार गरे । पाकिस्तानले रिभ्यु लिँदै खवाजालाई आउट गरेको थियो ।

मार्नस लाबुसेन १ सय ५८ बलमा १२ चौकासहित ९० रनमा क्याच आउट भए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लागेर स्लिपमा क्याच भएपछि शतक बनाउन चुकेका थिए । स्टिभ स्मिथ १ सय ९६ बलमा ८ चौकासहित ७८ रनमा आउट भए ।

क्यामरन ग्रिन ४८, एलेक्स केरी १९ र मिचेल स्टार्क १३ रनमा आउट भए । पाकिस्तानका स्पिनर नौमान अलीले सर्वाधिक ६ विकेट लिए । अफ्रिदीले २, नसिम शाह र सजिद खानले १-१ विकेट लिए ।

त्यसअघि घरेलु मैदान रावलपिन्डीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा १ सय ६२ ओभरमा ४७६-४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका अजहर अलीले ३ सय ६१ बलमा १५ चौका र ३ छक्का सहित १ सय ८५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको १९ औं शतक हो । मार्नस लाबुसेनको बलमा क्यामरन ग्रिनबाट क्याच भएपछि दोहोरो शतक बनाउन १५ रनले चुकेका थिए ।

ओपनर इमाम उल हकले ३ सय ५८ बलमा १६ चौका र २ छक्कासहित १ सय ५७ रनको उत्कृष्ट शतकीय इनिङ खेले । यो उनको टेस्ट करिअरको पहिलो शतक हो । उनी कप्तान प्याट कमिन्सको बलमा एलबीडब्लू आउट भए ।

दोस्रो विकेटका लागि अजहर अली र इमाम उल हकले २ सय ८ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए । कप्तान बाबर आजम ८२ बलमा ३ चौकासहित ३६ रनमा आउट भए ।

पहिलो विकेटका लागि सफिक र हकले ३४ ओभरमा १ सय ५ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ सुरुवात दिलाए । सफिक १ सय ५ बलमा ३ चौका र १ छक्कासहित ४४ रनमा आउट भए । मोहम्मद रिजवान २९ र इफ्तिखर अहमद १३ रनमा अविजित रहे । अष्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । तीन टेस्ट सिरिजको दोस्रो खेल १२ मार्चदेखि कराँचीमा सुरु हुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.