default_image

2 years ago

March 8, 2022

नामिबियामाथि युएईको उत्कृष्ट पूनरागमन जित

73 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि उत्कृष्ट पूनरागमन जित हात पारेको छ । युएईले नामिबियालाई तीन विकेटले पराजित गर्दै विश्वकप लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४७.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा आठौं नम्बरका ब्याटर काशिफ दाउदले ८६ बलमा ५ चौका र ४ छक्कासहित ७६ रनमा अविजित रहे । बासिल हामिद ७५ बलमा ४ चौकासहित महत्वपूर्ण ६२ रनको योगदान दिए ।

एक समय १९.२ ओभरमा ५३–६ को कमजोर अवस्थामा पुगेको युएईलाई सातौं विकेटका लागि काशिफ दाउद र बासिल हामिदले १ सय ४८ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागमन जित दिलाए । चिराग सुरी १२, वृत्य अरविन्द १९, मोहम्मद वासिम ६, आसिफ खान ४ र रोहन मुस्तफा ३ रनमा आउट भए । नामिबियाका जेजे स्मित १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर प्रमुख ४ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । नामिबियाका डेविड विजाले ८४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाए । ज्यान फ्रिलिंकले ७० बलमा ५ चौकासहित ५७ रनमा अविजित रहे । एक समय २९.१ ओभरमा ८३–७ को दयनिय अवस्थामा पुगेको नामिबियालाई आठौं विकेटका लागि विजा र फ्रिलिंकले १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।

युएईका जहुर खानले ३ र जुनैद्द सिद्दिकले २ विकेट लिए । विश्वकप लिग-२ अन्तर्गत नामिबिया, युएई र ओमानबीच त्रिकोणात्मक सिरिज जारीछ । यस सिरिजपछि विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नामिबियाले शुक्रबार ओमानसँग खेल्नेछ । युएईले भोली ओमानसँग खेल्नेछ ।

नेपालले मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । ७ देशबीच २०२३ सम्म चल्ने यस प्रतियोगितामा शीर्ष तीन टोलीले त्यसै वर्ष हुने सिधैं एकदिवसिय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अंक तालिका

ओमान २५ खेलमा १५ मा जित र ८ मा हार सहित ३२ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १२ खेलमा ६ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.